Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

उपेन्द्र यादवको सान्दार जित हुन्छ : जितेन्द्र सोनल

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले उपेन्द्र यादवको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

लोसपा नेपाल बारा क्षेत्र नम्बर २ (क) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका सोनलले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको सान्दार जित हुने जिकिर गरे । उनले भने, ‘बाराको क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र जीको जित सुनिश्चित छ, उहाँको सान्दार जित हुनेमा कुनै आशंका छैन ।’

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका उनले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्तालाई ईमान्दारीताका साथ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैलाई उपेन्द्र यादवका एजेण्डा र विकासका भिजनका बारेमा सचेत गराउन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचार प्रसारलाई तिव्रता दिन पनि आग्रह गरेका छन् ।

उपेन्द्र यादवको जितले नै मधेशी समुदायको हकहित सुनिश्चित हुने सोनलको भनाई छ । अगुवा कार्यकर्ता भेलालाई प्रदेश सभा सदस्यका उम्मेदवार मोतिलाल कुशवाह, लोसपा केन्द्रीय कार्यकारिणी सदस्य श्याम गुप्ता, महिला नेतृ पिंकी यादव लगायतले सम्बोधन गर्दै उपेन्द्र यादवको जित सुनिश्चित रहेको बताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...