Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र स्थापना गरिने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र महानगर पालिकाले चाँडै स्थापना गर्ने बताएका छन् । महानगरपालिकाकाे वडा नं. ५ वडा समितिको आयोजनामा मातातीर्थ औसी आमाको मुख हेर्ने कार्यक्रलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे वताएका हुन् ।

उनले आमाहरुको सम्मान र साथ सहयोग गर्न वीरगंज महानगरपालिका तत्पर रहेको बताउँदै आफ्नो घरआंगन, टोल र नगरको सरसफाइमा लाग्न आग्रह समेत गरे ।

वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ महिलाहरुलाई मेयर सिंहले सम्मान गरेका थिए । आमा समुहको सहयोगमा आयोजित कार्यक्रममामा ठुलो संख्यामा माहिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे, प्रहरी निरीक्षक विदुर सापकोटा, मानवअधिकारकर्मी कृष्ण खनाल, आमा समुहको अध्यक्ष जुली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...