Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

उपेन्द्र यादवको संसदमा आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

वीरगंज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उपेन्द्र यादवको संसदमा आवश्यकता रहेकाे वताएका छन् । बाराको गढीमाईमा आयाेजित पांच दलिय गठबन्धनकाे बृहत आम शभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले ५ दलिय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवकाे जित सुनिश्चित रहेकाे समेत वताए ।

उनले भने “उपेन्द्र जिकाे संसदमा आवश्यकता छ, त्यही भएर उनी विशेष गरेर मेरै आग्रहमा उम्मेदवार भएका हुन् । उहाँलाई उम्मेदवार बनाउन हाम्राे पार्टीकाे भागमा परेकाे उपराष्ट्रपति मैले नै उहाँकाे पार्टीलाई दिएका हाैं ।”

उपेन्द्र यादवकाे जित उनकाे जित मात्र नभएर पाँच दलिय गठबन्धनको जित भएकाे समेत उनले वताए । उनले उपेन्द्र यादवको जितले नेपाली एकता कायम हुने र पुरै मधेस प्रदेश कै जित हुने वताए ।

उनले बारा क्षेत्र नं. २ का बासी भाग्यमानी रहेकाे वताउँदै उपेन्द्र यादव जिते क्षेत्र नं. २ सहित बारा जिल्ला कै विकास हुने दाबी गरे ।

आम सभामा उठेको गढिमाई विकास कोष गठनको प्रक्रिया पनि थालनी गरिने उनले वताए । उनले कोभिडको बेला बन्द भएको कभही छाेटी भन्सार पनि खुल्ला हुने वताए । उनले भने “यसका साथै बिधुतिय सिचाईको माध्यमले मधेश प्रदेशको सिचाईको समस्या समाधान गरिन्छ । निजगढ विमान स्थलको निर्माण कार्य पनि सुरु हुन्छ ।”

अनेकौ सडयन्त्र र जालझेल भईरहेको वताउँदै प्रचण्डले गठबन्धनलाई थप मजबुत बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताएर पठाउन आग्रह समेत गरे । आम सभाकाे उपस्थिति देखेर उपेन्द्र जितकाे जित सुनिश्चित रहेकाे वताउँदै पाँच दलिय गठबन्धन क्षेत्रबासीकाे साथमा रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...