Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सात जना नाबालकको उद्धार

spot_img
spot_img

वीरगंज । छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यबाट नेपालमा कुखुरा फारममा काम गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा ७ जना नाबालकको उद्धार गरिएको छ । वीरगंजसंग जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एन्टी ह्यूमन ट्रयाफीकिङ टिम, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारण र ४७ औं एसएसवी रक्सौलको संयुक्त प्रयासमा नाबालकहरुको उद्दार गरिएको हो ।

एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माका अनुसार भारतको राजधानी दिल्लीस्थित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले दिएको विशेष सूचनाको आधारमा नाबालकहरुको उद्धार गरिएको छ । आयोगले भारतका केही नाबालकहरुलाई नेपालको कुखुरा फारममा काम गराउने उद्देश्यले लागिरहेको सूचना प्रहरीलाई दिएको थियो ।

झारखण्ड निवासी नाबालकहरुलाई नेपालको राजधानी काठमाडौँ लिएर जान खोजिएको इन्स्पेक्टर शर्माले बताए । शर्माका अनुसार उनीहरुलाई नेपाल लिएर गइरहेका एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । उद्धार कार्यमा हरैया प्रहरी ओपीका प्रमुख पङ्कजकुमारले पनि ठूलो भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

अभियानमा एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका सहायक प्रहरी उपरीक्षक (सब इन्स्पेक्टर) अनिलकुमार शर्मा, हवलदार अरविन्द द्विवेदी,  कन्स्टेबल मिकी कुमारी,  डोली कुमारी,  इकबाल अहमद,  प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारणकी परामर्शदाता आरती कुमारी, समाजिक कार्यकर्ता राज गुप्ता लगयातले पनि उनीहरुको उद्धारमा सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...