Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

शिवबर्वामा श्री बौद्धिमाई नेरा प्राथमिक विद्यालयकाे उदघाटन

spot_img
spot_img
वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विधालयकाे उदघाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमकाे विच प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विद्यालयकाे उदघाटन गरेका हुन् ।
 
हाल सम्म वडा नम्बर १० मा विद्यालय नै थीएन, वडाध्यक्ष साेनालाल साह गाेढकाे पहलमा वडा भित्र रहेकाे बजार सेडमा ४ काेठे भवन निर्माण गरि विद्यालय संचालनमा आएकाे स्थानियहरुले वताएका छन् ।
 
संचालनमा आएकाे विद्यालयमा नस्ररीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने वडाध्यक्ष गाेढले जानकारी दिए ।
 
वडाध्यक्ष सोनालाल गाेढकाे अध्यक्षता र प्रदेश सांसद क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू,नौसद आलम, किशोरी साह, सामाजिक शाखा प्रमुख बालमिकी रौनियार लगायतकाे उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...