Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

शिवबर्वामा श्री बौद्धिमाई नेरा प्राथमिक विद्यालयकाे उदघाटन

spot_img
spot_img
वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विधालयकाे उदघाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमकाे विच प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विद्यालयकाे उदघाटन गरेका हुन् ।
 
हाल सम्म वडा नम्बर १० मा विद्यालय नै थीएन, वडाध्यक्ष साेनालाल साह गाेढकाे पहलमा वडा भित्र रहेकाे बजार सेडमा ४ काेठे भवन निर्माण गरि विद्यालय संचालनमा आएकाे स्थानियहरुले वताएका छन् ।
 
संचालनमा आएकाे विद्यालयमा नस्ररीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने वडाध्यक्ष गाेढले जानकारी दिए ।
 
वडाध्यक्ष सोनालाल गाेढकाे अध्यक्षता र प्रदेश सांसद क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू,नौसद आलम, किशोरी साह, सामाजिक शाखा प्रमुख बालमिकी रौनियार लगायतकाे उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...