Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकामा चाेरी, सेवा प्रभावित

spot_img
spot_img

वीरगंजमा । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे कार्यालयमा चाेरी भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी भएकाे हाे ।

मंगलबार राति अज्ञात व्यक्तिले सेवा केन्द्रकाे राउटर चाेरेर लग्नु साथै इन्टरनेटकाे तार समेत काटी दिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । जस कारण गाउँपालिकामा हुने इन्टरनेटबाटकाे सेवा प्रभावित भएकाे उनले वताए ।

यस अघि १५ दिन पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर चाेरी भएकाे थियाे ।

स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले नै गाउँपालिबाट राउटर चाेरी गर्ने र इन्टरनेटकाे तारहरु काटिदिने गरेका बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...