Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

उपेन्द्र यादव याेग्य व्यक्ति हुन्, उहाँ जित्नु पर्छ : सभापति देउवा

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव याेग्य व्यक्ति भएकाे वताएका छन् । 

बारामा गढीमाईमा आयाेजित ५ दलिय गठबन्धकाे वृहम आम सभालाई सम्बोदन गर्दै देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेश राम्रो काम गरेका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन आग्रह गरे ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै उनले भने, ‘उहाँ अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेश र मधेशको अधिकारका लागि क्याबिनेटमा मसँग कयौं पटक झगडा समेत गर्नुभयाे ।’

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यादवलाई मधेशका लागि सच्चा रुपले सम्पर्पित व्यक्ति भएको बताए । ‘उहाँले मधेशका लागि सच्चा मानेमा प्रतिबद्ध, योग्य र सम्पर्पित उम्मेदवारका रुपमा बारा-२ का बासिले उहाँलाई पाउनु भएको छ । मलाई लाग्छ उहाँलाई जिताउन अत्यावश्यक छ,’ देउवाले भने ।

उनले महागढीमाईलाई ऐतिहासिक ठाउँ भएको बताउँदै यसको विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...