Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विद्यालय खाेल्न गाउँपालिका अध्यक्ष तिवारीकाे अनुराेध

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुकाे पठन पाठन कार्तिक १२ गते आइतबारदेखि सुचारु गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिवारीले शुक्रबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ प्रतिनिधि, शिक्षक संघ, शिक्षक संगठन, शिक्षक फोरम प्रतिनिधिलाई बाेलाएर विद्यालयकाे पठन पाठन पूर्व कार्यतालिका अनुसार नै संचालन गर्न/गराउन अपिल गरेकाे शिक्षक मुकलेश गद्दीले वताए । 

साथै अध्यक्ष तिवारीले शिक्षा प्रमुख र प्रधानाध्यापकहरुसंग भएको अभद्र व्यवहारकाे घटनाकाे उचित न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरेकाे उनले जानकारी दिए ।

अध्यक्ष तिवारीकाे अध्यक्षतामा बसेको प्रधानाध्यापक र शिक्षक महासंघ तथा पेशागत संघ संगठनको प्रतिनिधिहरुको संयुक्त बैठकले कार्तिक १२ बाट आफ्नो पूर्व कार्यतालिका अनुसार नै विद्यालय संचालन गर्ने निर्णय पनि गरेका छन् । साे बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाकाे समेत उपस्थिती रहेकाे थियाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने र केही प्रधानाध्यापकहरुलाई असाेज ३० गते वडाध्यक्षहरुले दुर्व्यवहार गरेका थिए । गाउँपालिकाकाे वडा नं १ वडाध्यक्ष अच्छेलाल महताे र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चाैरसियाले शिक्षा शाखा प्रमुख लामिक्षाने र प्रधानाध्यापकहरुलाई दुर्व्यवहार गरेकाे विराेधमा शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका र विभिन्न शिक्षक संगठनहरुले कारवाही नभए सम्मकाे लागि अनिश्चितकाल विद्यालय बन्दकाे घाेषणा गरेका थिए ।

गाउँपालिकामा कार्यकरत कर्मचारीहरुले पनि संयुक्त रुपमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्षद्वयमाथि कारवाहीकाे माग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...