Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा कुस्ती प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

पाेखरिया । पर्साको दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पोखरियामा बिहिबार कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।

बिजयादशमीको अवसरमा श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पाेखरियाकाे प्राङ्गणमा भएकाे प्रतियाेगिताकाे उद्घाटन पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी र पोखरिया नगरपालिका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

नव दुर्गा पूजा समिति पोखरिया एवम् पाेखरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएकाे कुस्ती प्रतियाेगितामा नेपाल र भारतका प्रसिद्ध महिला तथा पुरुष पहलवानहरु भाग लिएका थिए ।

वडाध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा भएकाे प्रतियाेगितामा पाेखरिया नगरपालिकाकी उप मेयर रूबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, लाेसपाका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेस पर्साका उप सभापति अशाेक गुप्ता, कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन प्रसाद चाैहान, नेकपा एमाले पाेखरिया नगर कमिटी अध्यक्ष बिन्धाचल ठाकुर, नेपाली कांग्रेस पाेखरिया नगरपालिकाका सभापति रामबाबु प्रसाद चाैहान, शंकर प्रसाद यादव, राजेश्वर प्रसाद राैनियार, ललन द्विवेदी, शैलेन्द्र प्रसाद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...