Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा कुस्ती प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

पाेखरिया । पर्साको दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पोखरियामा बिहिबार कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।

बिजयादशमीको अवसरमा श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पाेखरियाकाे प्राङ्गणमा भएकाे प्रतियाेगिताकाे उद्घाटन पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी र पोखरिया नगरपालिका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

नव दुर्गा पूजा समिति पोखरिया एवम् पाेखरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएकाे कुस्ती प्रतियाेगितामा नेपाल र भारतका प्रसिद्ध महिला तथा पुरुष पहलवानहरु भाग लिएका थिए ।

वडाध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा भएकाे प्रतियाेगितामा पाेखरिया नगरपालिकाकी उप मेयर रूबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, लाेसपाका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेस पर्साका उप सभापति अशाेक गुप्ता, कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन प्रसाद चाैहान, नेकपा एमाले पाेखरिया नगर कमिटी अध्यक्ष बिन्धाचल ठाकुर, नेपाली कांग्रेस पाेखरिया नगरपालिकाका सभापति रामबाबु प्रसाद चाैहान, शंकर प्रसाद यादव, राजेश्वर प्रसाद राैनियार, ललन द्विवेदी, शैलेन्द्र प्रसाद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...