Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वडाध्यक्ष कुटने सईमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेस पर्साले वीरगंज महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेकाे गरेको छ ।

इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुराहाले वडाध्यक्ष महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएकाे भन्दै कांग्रेस पर्साले उनी माथि कारबाहीको माग गरेकाे हाे ।

वीरगंजकाे घण्टाघर चोकमा शुक्रबार जम्मा भएर कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहामाथि कारवाहीकाे माग गरेकाे हाे । 

काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए काङ्ग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । महर्जन काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कुर्मीका अनुसार कार्तिक ५ गते महाष्टमीका राति रेल्वे रोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा सई तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर प्रहरी थुनामा राखेका थिए ।

प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो । कुटपिटबाट घाइते महर्जनको आँखामा समेत गम्भीर चोट लागेकाले अहिले पनि उनको उपचार भई नै रहेको कुर्मीले बताए ।

धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने सई तुराहालाई त्यसो नगर्न आग्रह गर्दा उनले पुरानो रिसीइबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुका साथै कुटपिट गरेर घाइते बनाएको र रातभर प्रहरी थुनामा समेत राखेकाले सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका काङ्ग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए ।

विरोध प्रदर्शन र जुलुसमा प्रदेशसभा सदस्य श्याम पटेल, काङ्ग्रेस पर्साका उपसभापति अशोक गुप्त, जिल्ला सचिवद्वय दिनेश चौधरी, इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहाबुदीन, अनिल सिंह, पूर्व जिल्ला उपसभापति दिना गुप्ता, राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेवि सङ्घ पर्साका सभापति रमेश यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...