Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

दशैँमा पर्सामा २२ सवारी दुर्घटना, दुई जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । दशैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमी सम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सामा दशैंको समयमा मोटरसाईकल २३ वटा, कार ७ वटा, दुईवटा ट्रक र दुई वटा साईकल तथा अटो ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे हाे । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने, ३८ जना घाइते भएका छन् ।

यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाएका २२ वटा सवारी साधनहरुबाट ३ लाख ५७ हजार राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खटिवडाले जानकारी दिए । यो दशैंमा गतबर्ष भन्दा कम दुर्घटना भएकाे ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...