Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

सिमरामा भएकाे बस दुर्घटनामा एक भारतियकाे मृत्यु, ११ घाइते

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा चोकस्थित शनिबार राति भएकाे बस दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परि भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया स्थायी घर भएका विरगंज महानगरपालिकाकाे वडा नं. ०७ निवासी २७ बर्षिय मुकेश साहकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बिरेन्द्र गुरुङले जानकारी दिए । 

चितवनबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रीत भई शनिबार राति १० बजेकाे समयमा दुर्घटना  हुँदा ११ जना घाइते समेत भएकाे प्रहरी निरिक्षक गुरुङले वताए ।

घाइतेहरुकाे वीरगंजकाे गण्डकस्थि नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा उपचार भइरहेकाे उनले वताए । घाइते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेकाे बयाेधा हस्पिटलले जनाएकाे छ ।

घाइते मध्येका बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. २० निवासी ४५ बर्षिय विर बहादुर महताे र विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी ३० बर्षिय सुरज साह कानुको टाउको र छातीमा गम्भिर चोट लागेकाे छ । दुबै जनाकाे अवस्था गम्भिर रहेकाे हस्पिटलले जनाएकाे छ ।

हस्पिटलका अनुसार घाइते मध्येका विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी नै १८ बर्षिय प्रीया गुप्ताको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ कै १६ बर्षिय मनिषा साहको टाउको र अनुहारमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ । वीरगंज महानगरपालिका कै वडा नं. १२ निवासी सुनिल कुमार गुरुङकी छाेरी २३ बर्षिय सेजल गुरूङको छातिमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ का ५२ बर्षिय ललन चौरसियाको टाउको र अनुहारमा चोट लागेकाे छ । वीरगंज १२ का २७ बर्षिय राजन कुमार गुप्ताको छाती र हातमा चोट लागेकाे छ । विरगंज ८ कै २८ बर्षिय मोहन साह कानुको टाउको र छातीमा चोट लागेकाे छ । तीनै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ निवासी १८ बर्षिय प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट लागेकाे छ । कलैया कै वडा नं. ७ निवासी ३५ बर्षिय अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट लागेकाे छ । दुबै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

दुर्घटनामा परि बसका सहचालक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी १९ बर्षिय अनिष राई पनि घाइते भएका छन् । उनकाे ढाड र छातीमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...