Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

यात्रुवाहक बसमा लागु औषधकाे तस्करी, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुरबाट प्रतिबन्धित लागु औषध  सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले पोखरा महानगरपालिकाकाे वडा नं.६ निवासी ४० बर्षिय रबिन्द्र केसीलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई बिहिबार सांझ ५;४५ बजेको समयमा परवानीपुरस्थितबाट चेकजाँच गर्ने क्रममा केसीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेकाे सेतो झोलामा कालो प्लाष्टिकको झोलाभित्र लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

पत्रिकामा सेतो टेपले बेरी राखिएको प्रतिबन्धित लागु औषध ६ पोकामा फेनारगन- ३०० एम्पुल, डाईजेपाम-३०० एम्पुल र आईपिपिएल नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको डिएपी थापालरे जानकारी दिए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...