Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

यात्रुवाहक बसमा लागु औषधकाे तस्करी, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुरबाट प्रतिबन्धित लागु औषध  सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले पोखरा महानगरपालिकाकाे वडा नं.६ निवासी ४० बर्षिय रबिन्द्र केसीलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई बिहिबार सांझ ५;४५ बजेको समयमा परवानीपुरस्थितबाट चेकजाँच गर्ने क्रममा केसीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेकाे सेतो झोलामा कालो प्लाष्टिकको झोलाभित्र लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

पत्रिकामा सेतो टेपले बेरी राखिएको प्रतिबन्धित लागु औषध ६ पोकामा फेनारगन- ३०० एम्पुल, डाईजेपाम-३०० एम्पुल र आईपिपिएल नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको डिएपी थापालरे जानकारी दिए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...