Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीरगंजबाट हतियारसहित साहिल र सरफराज पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२६ निवासी २१ वर्षिय साहिल अन्सारी र साेही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेकाे हाे । 

चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलकाे खानतलासी गर्दा निजले पिठ्यूमा भिरेको ग्रे रंगको झोलामा अबैध कटुवा पेस्तोल एक थान फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न सरफराज समेतलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...