Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सामा सशस्त्र प्रहरी जवानमाथि आक्रमण, बियरकाे बाेतल प्रहार

spot_img
spot_img

वीरगंज । पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास भएकाे छ । सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्मामाथि कार्तिक ६ गते कुटपिट भएपनि हाल सम्म आराेपित पक्राउ पर्न सकेका छैनन् ।

वीरगंज महानगरपालिकाकाे मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशै विदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जितपुरहुदै वीरगंज फर्किदै गएको अवस्थामा मनमिश्र निमावी टेढाभन्दा ५० मिटर पश्चिम भैसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरुले आक्रामण गरेका थिए ।

बोटोमा स्थानीय युवकहरु विवाद गरिरहेको दृश्य देखेपछि विश्वकर्माले सम्झाई बुझाई गर्न खोज्दा ५ वटा बियरको बोतल उनको टाउकोमा प्रहारी गरी ज्यान लिने प्रयास भएको थियो । सप्रज विश्वकर्माको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको उपचार हाल वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भइरहेको छ ।

घटनाको ५ दिन बिति सक्दा पनि हाल सम्म कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेकाे पिडित प्रहरीका आफन्तले गुनासाे गरेका छन् । टेढाका बुलेट अन्सारीलगायत ३ जना युवकले सप्रज विश्वकर्मामाथि ज्यान मार्ने प्रयास गरेपनि विश्वकर्माको आफन्तजनकाे आराेप छ ।

यस विषयमा मिलनचोक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मित्र राईसंग बुझ्दा कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजिकार्य भइरहेको बताए । 

यस घटनामा स्थानीय राजनीतिकर्मीहरु स्थानीय प्रहरी यूनिटसंग अभियुक्तको उन्मुक्तिको लागि चलखेल गरिरहेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...