Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 43

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

0

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेल र विभिन्न मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बस्दै आएका मुक्त हरवा चरवा सङ्घर्ष समितिका प्रतिनिधिबीच मङ्गलबार सम्पन्न वार्तामा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।

वार्तामा प्रदेश सरकारको कार्यविभाजन तथा कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउन विद्यमान नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न आवश्यक प्रक्रिया पूरा गरी प्रस्तावलाई अगाडि बढाउने सहमति भएको मुक्त हरवा चरवा सङ्घर्ष समितिका सदस्य बलराम भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, हरवा चरवाको लगत सङ्कलन, प्रमाणीकरण तथा पाठ्यक्रम÷निर्देशिकासम्बन्धी व्यवस्थालाई आवश्यकतानुसार परिमार्जन गर्ने विषयमा पनि निर्णय भएको छ । विद्यमान व्यवस्था कार्यान्वयनका क्रममा देखिएका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सम्बन्धित निर्देशिकामा आवश्यक संशोधन तथा परिमार्जन गरिने सहमति भएको उहाँले बताउनुभयो ।

यसका लागि आवश्यक अध्ययन गरी निर्देशिका परिमार्जनको काम अघि बढाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अविनाशकुमार झाको संयोजकत्वमा सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरिएको छ । समितिले विद्यमान व्यवस्था अध्ययन गरी आवश्यक संशोधनका विषयमा सुझाव तथा प्रस्ताव तयार गर्नेछ ।

बैठकले अर्को निर्देशिका परिमार्जनसम्बन्धी प्रस्तावको विषयमा अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि समिति गठन गरी परिमार्जनको प्रक्रिया अगाडि बढाइने दुवै पक्षबीच सहमति भएको उहाँले जानकारी दिनुभयो । सहमति भएसँगै भदौ १० गतेदेखि मुक्त हरवा चरवा सङ्घर्ष समितिले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जारी राखेको धर्ना स्थगित गरिएको सदस्य भट्टराईले बताउनुभयो ।

चोरी भएका गहना सहित दुई युवक वीरगंजबाट पक्राउ

0

वीरगञ्ज । पर्सा प्रहरीले चोरी भएका सुनचाँदीका गहनासहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला बारा कोल्हवी नगरपालिका वडा नम्बर १० घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ मा डेरा गरी बस्दै आएकी २० वर्षीया आरती कुमारी चौधरीको कोठाबाट गहनालगायतका सामान चोरी भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरतीले भदौ १४ गते दिउँसो करिब १२ बजे कोठामा ताला लगाएर सिलाइबुनाइको काम गर्न टेलर गएकी थिइन् । काम सकेर साँझ करिब ८ बजे डेरामा फर्किँदा कोठाको ताला फुटाएर गहनासमेत चोरी भएको पाइएको थियो ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरतीको डेरा नजिकै बस्दै आएका व्यक्तिहरूमाथि शंका लागेपछि उनीहरूको कोठामा खानतलासी गरिएको प्रहरीले जनाएको छ ।

खानतलासीका क्रममा चोरी भएका गहनाहरू फेला परेपछि प्रहरीले बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र सोही स्थानका २० वर्षीय ओमप्रकाश प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो ।

बरामद भएका चोरीका गहनासहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

0

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले सङ्कटको समयमा सरकार जनताको साथमा हुनुपर्ने बताउनुभयो ।

“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनारिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ”, संयोजक दाहालले भन्नुभयो, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई पनि विपद्को अवस्थामा थप क्रियाशील बनाइनुपर्नेमा जोड दिनुभयो ।

विसं २०७२ को भूकम्पलगायत राष्ट्रिय सङ्कटको घडीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढीपश्चात खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो ।

“बाढीपछिको उद्धारमा कमिकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ, राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनःनिर्माणमा सरकारका गम्भीर बन्नुपर्छ”, संयोजक दाहालले भन्नुभयो, “राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ, यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।”

संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

0

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साह हराएको भन्ने सूचना गत भदौ ९ गते साँझ करिब ७ः५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरीले बालकको खोजतलास सुरु गरेको थियो ।

खोजतलासका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत वडा नम्बर १ स्थित सिंहा नदी किनारमा बालक साह मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका १७ वर्षीय एक किशोरले बालकलाई बिश्रामपुरबाट अपहरण गरी भारततर्फ लगेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

0

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् ।

नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका हुन् । रामगढवा–२४ स्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले नवनियुक्त साहलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

नेपाली कांग्रेसको भातृ संगठनका रूपमा रहेको नेपाल तरुण दलमा साहको नियुक्तिसँगै पर्सा जिल्लाको संगठनात्मक संरचनालाई थप व्यवस्थित, प्रभावकारी र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त कोषाध्यक्ष साहले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल तरुण दल पर्सालाई थप सशक्त, सक्रिय र प्रभावकारी संगठनका रूपमा अघि बढाउन आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्ने बताएका छन् ।

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

0

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

दूरसञ्चारको स्थापना कालदेखि नै अन्तरदेशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणसमेत रहेको उक्त कार्यालय भवन अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भत्काइएको भन्दै नेपाल टेलिकमले साेमबार प्रेस विज्ञप्तिमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा विचाराधीन मुद्दा तथा अदालतबाट भएका आदेशहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दै गैरकानुनी ढङ्गले भवन भत्काइएको कम्पनीको ठहर रहेको उल्लेख गरिएको छ ।

सडकको मध्यविन्दु निर्धारण गर्दा घण्टाघरलाई आधार मानिनुपर्ने कानुनी दाबीसहित अदालतमा रिट निवेदन विचाराधीन रहेको कम्पनीले जनाएको छ । साथै, अदालतमा मिति २०८३ साल भदौ ४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका क्रममा साविकको २५ मिटर मापदण्डबमोजिम संरचनालाई यथास्थितिमा राख्नुपर्ने कानुनी स्थिति स्पष्ट पारिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अदालतको अन्तिम निर्णय तथा कानुनी प्रक्रियाको प्रतीक्षा नगरी भवन भत्काइएकोप्रति कम्पनीले आपत्ति जनाएको छ । स्वीकृत मापदण्डभित्र रहेर कम्पनी स्वयंले आफ्ना संरचनाहरू व्यवस्थित तथा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइरहेको अवस्थामा समेत पूर्वाग्रहपूर्ण ढङ्गले भवन भत्काइनु कानुनी शासन तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमले सडक डिभिजन कार्यालयले आफ्नै मिति २०८३ साल वैशाख २२ गतेको नापजाँचसमेत विपरीत हुने गरी सडकको मध्यविन्दुबाट २५–२५ मिटर दायाँबायाँ संरचना हटाउने मापदण्डभन्दा बढी टेलिकम भवनतर्फको भाग भत्काएको दाबी गरेको छ । अझ थप भागसमेत भत्काउने तयारी भइरहेको विषयलाई कम्पनीले गम्भीर रूपमा लिएको जनाएको छ ।

दूरसञ्चारजस्तो अत्यावश्यक तथा संवेदनशील सार्वजनिक पूर्वाधारमा भएको क्षतिप्रति आपत्ति जनाउँदै कम्पनीले सार्वजनिक सम्पत्तिमाथि भएको क्षतिका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने जनाएको छ ।

नेपाल टेलिकमले आगामी दिनमा सम्बन्धित निकायबाट कानुनी मर्यादाको पालना, आवश्यक समन्वय तथा जिम्मेवार सहकार्य हुने अपेक्षा राखेको छ ।

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

0

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।”

गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताउनुभयो । “सुरक्षा संयन्त्रले पूरा शक्तिका साथ काम गरिरहेको छ, त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा दलदल थियो, एक्साभेटरसमेत डुबेको थियो”, उद्धारका प्रयासबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले सुरुङको क्राउनसम्म पुग्न सफल भएका छौँ, विद्युत् गृहको माथिबाट खनेर जान सकिन्छ कि भनेर प्रयास गरिरहेको छौँ ।”

सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने विषयमा कुनै सत्यता नरहेको उहाँको स्पष्टोक्ति थियो । “विभिन्न टनेलमा ड्रोन पनि पठाइएको छ । सुरुङभित्रको उद्धारको अझै पनि प्रयास जारी छ, अझै आशा बाँकी नै छ”, उहाँले भन्नुभयो, “सुरूङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहनुभएको छ कि भन्ने आशा छ ।”

उहाँले विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरिएको जानकारी दिनुभयो । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको जानकारी दिँदै त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रमा सुरक्षित स्थानमा जान माइकिङ गरिएको जानकारी दिनुभयो ।

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

0

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा समेत सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जगदम्बा इन्टरप्राइजेजले जनाएको छ ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरू छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ। यसबाट विपद्पछि आवश्यक पर्ने भौतिक पूर्वाधारको पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। यस सहयोगले विपद्बाट प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरेका छन् ।

उनले प्राकृतिक विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्य, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

0

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ठोरी गाउँपालिकाको गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा भत्ता बराबरको रकम उपलब्ध गराउनेछन् । त्यसैगरी गाउँपालिकाको विपद् व्यवस्थापन कोष तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको सहयोगसमेत गरी कुल ११ लाख रुपैयाँ राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको हो ।

ठोरी गाउँपालिकाले तत्काल राहतका लागि उक्त रकम सहयोग गर्नुका साथै आगामी दिनमा आवश्यक पर्ने थप सहयोगका लागि स्रोत परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ । आवश्यकताका आधारमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले विपद्को पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको बताए ।

उनले बाढीपीडितको दुःखमा ठोरी गाउँपालिका र सम्पूर्ण ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनले भ्याएसम्म प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाढीपीडितका लागि महागढीमाई नगरपालिकाले ४१ लाख सहयोग गर्ने

0

बारा ।  रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम बाढीपीडितको राहतका लागि योगदान गर्नेछन् ।

नगरप्रमुख यादवले भन्नुभयो, “नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्, त्यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रु पाँच लाख उपलब्ध गराइनेछ । जनप्रतिनिधि तथा कर्मचारीको योगदान र विपद् व्यवस्थापन कोषको रकम गरी रु ४१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।”