Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

spot_img
spot_img

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साह हराएको भन्ने सूचना गत भदौ ९ गते साँझ करिब ७ः५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरीले बालकको खोजतलास सुरु गरेको थियो ।

खोजतलासका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत वडा नम्बर १ स्थित सिंहा नदी किनारमा बालक साह मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका १७ वर्षीय एक किशोरले बालकलाई बिश्रामपुरबाट अपहरण गरी भारततर्फ लगेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...