नेपाल–जापानबीच बधाई सन्देश आदानप्रदान
विपद्मा मन फुकाउँदै मधेस
महोत्तरी ।
‘पहाडलाई घाउ लागे मधेसलाई दुख्नुपर्छ,
मधेसलाई ठेस लागे हिमालले झुक्नुपर्छ ।’
नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ हुँदैछ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ चितवनसम्मका बासिन्दाको पीडामा मलहम लगाउन मधेसको महोत्तरीमा सहयोग सङ्कलन तीव्र रुपमा अगाडि बढेको छ ।
बाढीको कहरबाट कैयौँ घरपरिवार उजाडिएको खबरबाट चिन्ताले छटपटिएकी महोत्तरीको बर्दिबास–१ की ७५ वर्षीया वृद्धा देवकुमारी पौडेलले मन थाम्न सक्नुभएन । बाढीपीडितको राहत उद्धार पुनःस्थापनामा आफ्नो थोरै योगदान होस् भनेर उहाँले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु २० हजार जम्मा गर्नुभयो ।
सामान्य आर्थिक अवस्थाकी पौडेलले घर नजिकै महिला उत्थान बहुद्देश्यीय सहकारी संस्थामा बुढ्यौलीको सहारा भनेर जम्मा गर्नुभएको ज्येष्ठ नागरिक बचत खाताबाट निकालेर आइतबार नै उक्त रकम कोषमा जम्मा गर्नुभएको हो ।
“बुधबारयता दिनदिनै बाढीको पीडाका खबर सुन्दैछु, बाढीपीडितलाई उद्धार गर्न ठाउँठाउँबाट सहयोग पुग्न थालेको सुनेँ, यसमा म पनि जोडिनुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “आपूm त रकम पठाउन जान्दैनथे, छोरालाई पठाउन लगाएँ ।” आफूजस्तै सबैले पठाएका रकम दुःखमा परेका परिवारमा बिना भेदभाव पुगोस् भन्ने उहाँको सदीक्षा छ । ७५ वर्षीया वृद्धाको यो कार्यसँगै छिमेकीले पनि आपूmले सकेको रकम धमाधम पठाउन थाले ।
“यति रकमले के हुन्छ र भन्ने होइन, थोपाथोपा मिलेर समुद्र बनेजस्तै त हो नी १ सबैले यो आपतमा आपूmले सकेको गर्नुपर्छ”, पौडेल सबैलाई प्रेरित गर्दै भन्नुहुन्छ, “दुई चार जनाको घाउमा मलहम त पुग्छ नी १” यस अभियानले महोत्तरीको बर्दिबासमा उद्धार कोषमा रकम पठाउने लहर नै चलेको छ ।
आइतबार नै बर्दिबास–१ कै व्यवसायी तथा योग प्रशिक्षक सुमित्रा भट्टराईले कोषमा ५१ हजार दाखिला गर्नुभएको छ । “यो सहयोग प्रचारका लागि हैन, मलहमका लागि हो”, भट्टराई भन्नुहुन्छ, “तर कोषमा रकम दिन आमजनतालाई उत्प्रेरित गर्न मैले सहयोग रक सार्वजनिक गरेकी हुँ । यो अभियानले सहयोग गर्नेहरु बढ्ने उहाँको विश्वास छ ।”
नभन्दै आइतबार नै बर्दिबास–१ स्थित देउराली कीर्तन महिला समूहले तीजको दर खान भनेर जम्मा गरेको रु ३० हजार रकम पठाएका छन् । “चाडपर्व त खुसीमा न हो, मुलुक रोएका बेला छ, त्यसैले थोरै भए पनि रकम पठायौँ”, समूहकी अध्यक्ष अप्सरा रिसालले भन्नुभयो । यसैगरी आइतबार नै बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले कोषमा रु ५० हजार पठाउनुभयो । हिमाली जिल्ला रसुवा हुँदै नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवनसम्म ताण्डव मच्चाएको यो बाढीले पहाड ध्वस्त बनाएको खबर सुनेर मधेसमा छटपटी बढेको छ । “बाढीले पाहाडमात्र भत्काएको छैन, मधेसका कैयौँ घरमा पारिवारिक बिछोडको वेदना दिएको छ”, उद्धार कोषमा रु ५० हजार जम्मा गर्नुभएका थापा भन्नुहुन्छ, “यो दुःखमा सम्पूर्ण नेपाली एक छौँ भन्ने सन्देश काम र व्यवहारबाट हामी सबैले देखाउनुपर्छ ।”
महोत्तरीमा उद्धार कोषमा रकम पठाउन अहिले व्यवसायी, उद्यमी, सर्वसाधारण सक्रिय भएका छन् । यो अभियानमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले आइतबार रु ११ लाख ७९ हजार जम्मा गरेको छ । “हामीले यो दुःखमा मधेस साथ छ भन्ने सन्देश प्रवाह गर्न चाहेका हौँ, मधेसका विभिन्न होटलबाट प्राप्त रकम कोषमा पठाएका छौँ”, महासङ्घका मधेस प्रदेश अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “यो दुःखका बेला हामी सबै राहत उद्धार कार्यमा सरकारका साथ छौँ ।”
यसैगरी, बर्दिबास उद्योग वाणिज्य सङ्घले उद्यमी/व्यापारीबाट सङ्कलित रु आठ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ । यस्तै जिल्लाका स्थानीय तहहरुले पनि संस्थागत निर्णय गरेर धमाधम कोषमा रकम पठाएका छन् ।
भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले कोषमा रु १५ लाख दाखिला गरी सकेको छ । यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले संस्थागत निर्णय नै गरेर क्रमशः १० लाख, १२ लाख ५० हजार र पाँच लाख रुपैयाँ कोषमा पठाएका छन् । कोषमा रकम पठाएर सार्वजनिक नगर्नेको सङ्ख्या पनि उल्लेख्य छ ।
आपतविपतका बेला हिमाल, पहाड र तराई जहाँका भए पनि नेपाली मन अत्यन्त कोमल र सहयोगी भावको रहेको जलेश्वर–७ बखरीका बासिन्दासमेत रहनुभएका पूर्वप्रशासक महेश्वर रायको धारणा छ । अहिले यहाँ बाढीपीडितका लागि जारी राखिएको सहयोग अभियान कोमल नेपाली मनको उदाहरण भएको रायको भनाइ छ ।
आमरुपमा सहयोग गर्ने चासो ठाउँठाउँमा देखिएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको जिल्ला विपद् व्यस्थापन समितिले राहत सङ्कलनलाई व्यवस्थित र पारदर्शी बनाएको छ । “हामीले कहाँ कसले जिन्सी नगद के सहयोग गर्न चाहन्छन् रु ठाउँठाउँमै सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ, “प्राप्त सहयोगको व्यक्तिगत अभिलेख बनाएर नगद कोषमा जम्मा गर्ने र जिन्सी सरकारले सञ्चालन गरेको राहत वितरण केन्द्रमा पु¥याइनेछ ।” यो सहयोगको विवरण साप्ताहिक रुपमा सार्वजनिक गरिने उहाँको भनाइ छ ।
यसअघि शुक्रबार नै महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोको समन्वयमा बर्दिबास, गौशाला र भङ्गाहामा सर्वसाधारणबाट सङ्कलित खाद्यसामग्री ९चामल, चिउरा, भुजासहित० नुवाकोट पठाइएको छ ।
खेतमा पानी पुगेपछि किसान खुसी
जनकपुरधाम । खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् ।
लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत खेतसम्म पानी पुगेपछि खुसी भएका हुन् । बाली हुर्किने समयमा खेतमा पानी पुगेपछि जिल्लाका किसानले कृषि कार्य गर्न सहज भएको बताएका छन् ।
“समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने तथा रोपिसकेको धानमा सिँचाइको समस्या हुने अवस्था थियो”, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका किसान अशोक यादवले भन्नुभयो, “तर नहरमा पानी आएपछि राहत भएको छ ।” कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय, राजविराजअन्तर्गत चन्द्र नहर सिँचाइ प्रणाली, कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणाली गरी तीनवटा सिँचाइ प्रणाली सञ्चालनमा छन् । यी तीनवटै प्रणालीमार्फत सप्तरीका विभिन्न क्षेत्रमा कृषि प्रयोजनका लागि सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार चन्द्र नहर सिँचाइ प्रणालीमा गत असार १० गतेदेखि पानी छाडिएको छ । त्यस्तै कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणालीबाट साउन २१ गतेदेखि किसानका खेतसम्म पानी पु¥याउन थालिएको हो ।
“खेतीको मुख्य समयमा नहरमा पानी सञ्चालन भएपछि किसानलाई सहज भएको छ । तीनवटै सिँचाइ प्रणालीबाट नियमितरूपमा पानी वितरण गर्ने प्रयास भइरहेको छ,” कार्यालय प्रमुख यादवले भन्नुभयो ।
सिँचाइको सुविधा उपलब्ध भएपछि आकाशेपानीमा निर्भर किसानलाई विशेष राहत पुगेको छ । सप्तरी कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले बर्सेनि मौसममा निर्भर भएर खेती गर्नुपर्ने अवस्था रहँदै आएको छ ।
वर्षा समयमा नहुँदा धान रोपाइँ ढिला हुने, रोपाइँ गरेपछि पानीको अभाव हुने र उत्पादनमा असर पर्ने समस्या किसानले भोग्दै आएका छन् । यस वर्ष नहर प्रणालीबाट समयमै पानी उपलब्ध भएपछि त्यस्तो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । किसानका अनुसार धान रोपाइँका लागि आवश्यक समयमा खेतमा पानी उपलब्ध हुँदा खेती गर्न सहज हुनुका साथै उत्पादनसमेत बढ्ने सम्भावना हुन्छ ।
नहरको नियमित मर्मतसम्भार तथा संरचना निर्माणलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । नहर जीर्ण हुँदा पानी चुहावट हुने, खेतसम्म पर्याप्त पानी नपुग्ने तथा ठाउँ–ठाउँमा नहर अवरुद्ध हुने समस्या आउने भएकाले संरचनाको सुधार गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नहर प्रणालीको मर्मतसम्भार तथा सुधारअन्तर्गत एक हजार ४६५ मिटर पक्की नहर निर्माण गरिएको छ । यसबाट नहरको संरचना थप व्यवस्थित हुनुका साथै पानी प्रवाहमा सहजता आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै नहर प्रणालीअन्तर्गत १२ वटा भिआरबी ९पुल० निर्माण गरिएकोले किसान तथा स्थानीयबासीको आवतजावतसँगै नहरबाट पानीको नियमित प्रवाह कायम गर्न सहयोग पुगेको छ ।
यसैगरी नहरको निरीक्षण, मर्मतसम्भार तथा सिँचाइ संरचनासम्म आवश्यक सामग्री पु¥याउन एक हजार ८५० मिटर सर्भिस रोड ग्राभेलिङ गरिएको छ ।
गत आर्थिक वर्षमा दुईवटा ल्यान्डी साइफन निर्माण गर्नुका साथै नौ किलोमिटर नहर सरसफाइको कामसमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
नहरमा जमेको माटो, बालुवा तथा अन्य अवरोध हटाउँदा पानीको प्रवाह सहज हुने भएकाले नियमित सरसफाइ गरिएको प्रमुख यादवले बताउनुभयो ।
कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय अन्तर्गतका तीनवटै सिँचाइ प्रणालीबाट सप्तरीमा ३४ हजार ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
–––
बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै
धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री आज पठाउन लागेको हो ।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुनमन्त्री महतोले जानकारी दिनुभयो ।
मन्त्री महतोका अनुसार आज सात हजार थान कम्बल र ७०० थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ । बाढीका कारण विस्थापित परिवारको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट थप सहयोग र समन्वय गरिने उहाँले बताउनुभयो ।
“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन लागेको हो । पहिलो चरणमा रु ५५ लाख पठाइएको थियो । अहिले कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भन्नुभयो, “आगामी दिनमा राहतका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मङ्गलबार पुनः बैठकमा छलफल हुनेछ ।”
बाढी प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता सरकारको प्रमुख दायित्व भएकाले विपद्का बेला आवश्यक राहत तथा सहयोगलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विषयमा बैठकमा जोड दिइएको थियो ।
केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने
वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल ल्याउन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
स्थानिय विनय द्विवेदीका अनुसार जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी रामायण मुखिया बिनका माहिला छोरा बिरेन्द्र मुखिया बिन करिब एक महिनाअघि रोजगारीको सिलसिलामा भारतको केराला गएका थिए । एक साताअघि अचानक ज्वरो आएपछि उनी त्यहाँ उपचाररत रहेका थिए ।
उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आइतबार राति अचानक निधन भएको परिवारजनले बताएका छन् ।
भारतको केरालाबाट शव घर ल्याउन करिब २ लाख रुपैयाँ खर्च लाग्ने जानकारी पाएपछि आर्थिक रूपमा कमजोर परिवार शोकसँगै आर्थिक समस्यामा परेको थियो । शव ल्याउन आवश्यक रकम जुटाउन नसक्दा परिवारका सदस्य तथा गाउँलेहरू पीडामा रहेका बेला गाउँपालिका अध्यक्ष यादव पीडित परिवारको घरमै पुगेका थिए ।
गाउँलेहरूको रोहबरमा अध्यक्ष यादवले स्वर्गीय बिरेन्द्रको शव घर ल्याउन आवश्यक पर्ने करिब २ लाख रुपैयाँ बराबरको तत्काल सहयोग गर्ने घोषणा गरेका हुन् ।
अध्यक्ष यादवको सहयोग घोषणाप्रति पीडित परिवार तथा स्थानीय गाउँबासीले आभार र धन्यवाद व्यक्त गरेका छन् । स्थानीयले अध्यक्ष यादवलाई पीडामा परेका गरिब तथा असहाय परिवारको सहारा बनेको भन्दै प्रशंसा गरेका छन् ।
यसका साथै अध्यक्ष यादवले स्वर्गीय बिरेन्द्र मुखिया बिनकी श्रीमती र उनका तीन जना छोराछोरीलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अचानक भएको निधनले मुखिया बिन परिवारमा शोक छाएको छ भने गाउँपालिकाको सहयोग घोषणाले शव नेपाल ल्याउने प्रक्रियामा राहत पुग्ने अपेक्षा गरिएको छ ।
सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने
हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
उदयपुर । कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।
प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।
प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।












