Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

spot_img
spot_img

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् ।

नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका हुन् । रामगढवा–२४ स्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले नवनियुक्त साहलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

नेपाली कांग्रेसको भातृ संगठनका रूपमा रहेको नेपाल तरुण दलमा साहको नियुक्तिसँगै पर्सा जिल्लाको संगठनात्मक संरचनालाई थप व्यवस्थित, प्रभावकारी र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त कोषाध्यक्ष साहले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल तरुण दल पर्सालाई थप सशक्त, सक्रिय र प्रभावकारी संगठनका रूपमा अघि बढाउन आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...