Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

spot_img
spot_img

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ठोरी गाउँपालिकाको गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा भत्ता बराबरको रकम उपलब्ध गराउनेछन् । त्यसैगरी गाउँपालिकाको विपद् व्यवस्थापन कोष तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको सहयोगसमेत गरी कुल ११ लाख रुपैयाँ राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको हो ।

ठोरी गाउँपालिकाले तत्काल राहतका लागि उक्त रकम सहयोग गर्नुका साथै आगामी दिनमा आवश्यक पर्ने थप सहयोगका लागि स्रोत परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ । आवश्यकताका आधारमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले विपद्को पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको बताए ।

उनले बाढीपीडितको दुःखमा ठोरी गाउँपालिका र सम्पूर्ण ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनले भ्याएसम्म प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...