Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

spot_img
spot_img

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ठोरी गाउँपालिकाको गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा भत्ता बराबरको रकम उपलब्ध गराउनेछन् । त्यसैगरी गाउँपालिकाको विपद् व्यवस्थापन कोष तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको सहयोगसमेत गरी कुल ११ लाख रुपैयाँ राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको हो ।

ठोरी गाउँपालिकाले तत्काल राहतका लागि उक्त रकम सहयोग गर्नुका साथै आगामी दिनमा आवश्यक पर्ने थप सहयोगका लागि स्रोत परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ । आवश्यकताका आधारमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले विपद्को पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको बताए ।

उनले बाढीपीडितको दुःखमा ठोरी गाउँपालिका र सम्पूर्ण ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनले भ्याएसम्म प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...