Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्याब्सन पर्साको अध्यक्षमा सरोज चौधरी, सचिवमा अशाेक संग्राैला निर्वाचित

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशन अन्तर्गत भएकाे निर्वाचनमा साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गरे । चार मतको अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाएका छन् ।

यसैगरी प्याब्सन पर्साकाे बरिष्ठ उपाध्यक्ष शाेशिला साह, उपाध्यक्ष बिरेन्द्र यादव, सचिव अशाेक संग्राैला, काेषाध्यक्ष प्रविन चाैधरी, सह काेषाध्यक्ष सुदिल प्रसाद कुमार, सदस्यमा मंजु राणा भट्ट, अभाष सिंह क्षेत्री र अर्चना चाैरसिया निर्वाचित भएका छन् । 

सह सचिव एवं दुई सदस्य पछि मनाेनित गरिने छ । अध्यक्षमा निर्वाचित चौधरी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने पराजित भएका  गुप्ता उपाध्यक्ष थिए । प्रमुख निर्वाचन अधिकृत एवम् प्याब्सनका केन्द्रीय सदस्य छेडूप लामाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले गरेका थिए । वीरगंजस्थित होटल भिस्वामा सम्पन्न अधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले प्याब्सनले शिक्षा क्षेत्रमा गरी रहेका गतिविधिले समाजको शैक्षिक अवस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

प्याब्सन पर्साका निर्वतमान अध्यक्ष पूरण प्रधानको अध्यक्षतामा भएकाे अधिवेश उद्घाटन समाराेहमा  मधेस प्रदेश नीति आयोगका सदस्य एवम् डा. हरिशंकर साह, मधेस प्रदेश अध्यक्ष दिपक रेग्मी, वरिष्ठ उपाध्यक्ष श्याम केसी, मधेस प्रदेश सचिव गणेश साह, केन्द्रीय सदस्य छेडुप लामा, वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तव, बाराका पूर्व अध्यक्षद्वय हरिदेव खरेल, नेत्र दहाल लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...