Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जिराभवानीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

spot_img
spot_img

ओमप्रकाश चाैधरी /
सेढवा ।
पर्साको जिराभवानी गाँउपालिकामा साेमबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएकाे छ । गाउँपालिकाको शिक्षा शाखाकाे आयोजनामा वडा नं ४ मा रहेको सुपौली खेल मैदानमा प्रतियाेगिता सुरु भएकाे हाे ।

सो प्रतियोगितामा छात्र र छात्रा तर्फ १०० मीटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुने जनता मावि जितपुर नौकाटोलाका प्रधानाध्यापक रमाशंकर चौधरीले बताए ।

यसका साथै छात्र र छात्रा तर्फ हाईजम्प, लॉग जम्प, १००*४ रिले दौड र ज्याभलिङ्ग थ्रो हुने प्रधानाध्यापक चौधरीले बताए । सो प्रतियोगितामा पालिकाभित्र रहेका ३ वटा माबि, २ वटा निमाबि र १२ वटा प्राबिका बालबालिकाहरुको सहभागिता रहेकाे छ ।

प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष अनोज चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष राजेश्वर दास, दारा सिंह राउत थारु लगायतको उपस्थिति रहेका थिए । प्रतियोगिता मंगलवारसम्म चल्ने आयोजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...