Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जिराभवानीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

spot_img
spot_img

ओमप्रकाश चाैधरी /
सेढवा ।
पर्साको जिराभवानी गाँउपालिकामा साेमबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएकाे छ । गाउँपालिकाको शिक्षा शाखाकाे आयोजनामा वडा नं ४ मा रहेको सुपौली खेल मैदानमा प्रतियाेगिता सुरु भएकाे हाे ।

सो प्रतियोगितामा छात्र र छात्रा तर्फ १०० मीटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुने जनता मावि जितपुर नौकाटोलाका प्रधानाध्यापक रमाशंकर चौधरीले बताए ।

यसका साथै छात्र र छात्रा तर्फ हाईजम्प, लॉग जम्प, १००*४ रिले दौड र ज्याभलिङ्ग थ्रो हुने प्रधानाध्यापक चौधरीले बताए । सो प्रतियोगितामा पालिकाभित्र रहेका ३ वटा माबि, २ वटा निमाबि र १२ वटा प्राबिका बालबालिकाहरुको सहभागिता रहेकाे छ ।

प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष अनोज चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष राजेश्वर दास, दारा सिंह राउत थारु लगायतको उपस्थिति रहेका थिए । प्रतियोगिता मंगलवारसम्म चल्ने आयोजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...