Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रेस सेन्टर पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन

spot_img
spot_img

वीरगंज । प्रेस सेन्टर नेपाल पर्साको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ । वीरगंजकाे क्लासिक वंक्वेटमा आईतबार बिहान नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल पर्साका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवनाथ यादव, उपाध्यक्ष कृष्णमोहन साह र समिना रञ्जितकार, सचिव अजित कुमार भूजेल, सहसचिव विदुर गौतम र रञ्जित यादव, कोषाध्यक्ष सञ्जित गुप्तालाई पदस्थापन गरि प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै सदस्यहरु रितेन्द्र झा, दिपेन्द्र प्रसाद, माधव तिमिल्सिना, प्रणय साह, बलिराम यादव, आनन्द साह, मेघराज राय थारु, संतोष कुश्वाह, विशाल पटेल, संजोग गिरी लगायतलाई पनि पदस्थापन सहित प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै प्रदेश परिषद प्रतिनिधिमा निर्वाचित भरत साह सोनार, रञ्जित पाण्डे, लालबाबु बानियाँ, सब्दर हुसैनलाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले गाम्छा र अविर लगाई प्रमाणपत्र वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...