Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

प्रेस सेन्टर पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन

spot_img
spot_img

वीरगंज । प्रेस सेन्टर नेपाल पर्साको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ । वीरगंजकाे क्लासिक वंक्वेटमा आईतबार बिहान नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल पर्साका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवनाथ यादव, उपाध्यक्ष कृष्णमोहन साह र समिना रञ्जितकार, सचिव अजित कुमार भूजेल, सहसचिव विदुर गौतम र रञ्जित यादव, कोषाध्यक्ष सञ्जित गुप्तालाई पदस्थापन गरि प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै सदस्यहरु रितेन्द्र झा, दिपेन्द्र प्रसाद, माधव तिमिल्सिना, प्रणय साह, बलिराम यादव, आनन्द साह, मेघराज राय थारु, संतोष कुश्वाह, विशाल पटेल, संजोग गिरी लगायतलाई पनि पदस्थापन सहित प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै प्रदेश परिषद प्रतिनिधिमा निर्वाचित भरत साह सोनार, रञ्जित पाण्डे, लालबाबु बानियाँ, सब्दर हुसैनलाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले गाम्छा र अविर लगाई प्रमाणपत्र वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...