Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ममाथि लगाइएका आरोपहरू निराधार छन् : मन्त्री जयसवाल

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आफूविरुद्ध सञ्चारमाध्यममा लगाइएका विभिन्न आरोपहरूको खण्डन गरेका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ, पर्साको सभा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री प्रमोद जयसवालले समाचारमा लगाइएको आरोपहरूलाई निराधार, तथ्यहीन, र अपुष्ट रहेको दाबी गरेका हुन् ।

मन्त्री जयसवालले अदालतबाट आफूले पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतको आदेशमा राखिएको धरौटी समेत फिर्ता पाएको तथ्य सार्वजनिक गरे । यस क्रममा, उनले अदालतको आदेश र धरौटी फिर्तासम्बन्धी निर्णयको प्रतीलिपि पनि प्रस्तुत गरे । मन्त्री प्रमोद जयसवाले आफ्ना सहोदर भाइ प्रदीप जयसवालले पनि वन्यजन्तु चोरी सिकारीको आरोपमा सबै सीआइबीसहित सबै निकायबाट पनि सफाइ पाएको दाबी गरे ।

पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमले एकपक्षीय र पूर्वाग्रहपूर्ण ढङ्गले समाचार प्रकाशित गरेको गुनासो व्यक्त गरे । उनले आफूलाई बदनाम गर्ने नियतले समाचार लेखिएको आरोप लगाउँदै समाचार प्रकाशित गर्नुअघि आफ्नो धारणा समेत माग नगरेकोप्रति गम्भीर असन्तोष व्यक्त गरे । उनले सञ्चारमाध्यमहरूलाई समाचार खण्डन गर्न आग्रह गर्दै त्यसो नगरे कानुनी कदम चाल्ने चेतावनी पनि दिए । साथै, उनले तथ्यविहीन र भ्रमपूर्ण समाचारले जनतामा गलत सन्देश जाने बताउँदै त्यस्ता खबरहरूको जिम्मेवारी सञ्चारमाध्यमले लिनुपर्नेमा जोड दिए ।

मन्त्री जयसवालले समाचार लेख्ने पत्रकार अन्य कुनै व्यक्तिको प्रभावमा आएको दाबी गर्दै सो व्यक्तिले पत्रकारलाई अधुरो जानकारी मात्र दिएको आरोप पनि लगाए । उनले यस्ता समाचार प्रकाशित गर्नुअघि पूरा सत्य जानकारी लिन पत्रकारहरूसँग आग्रह पनि गरे ।

जयसवाले आफूविरुद्ध समाचार लेख्ने पत्रकार जियालाल साहले धम्की प्राप्त गरेको र उनिमाथि सामाजिक सञ्जालमा गरिएको धम्कीपूर्ण टिप्पणीको घटनामा आफू र आफ्नो पार्टीका कार्यकर्ताहरूको संलग्नता अस्वीकार गर्दै यस्ता गतिविधिहरूको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । उनले समाचार लेखेकै भरमा पत्रकारलाई धाक धम्की दिनु दुखद भएको बताउँदै त्यस्तो नगर्न आग्रह पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...