Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

ममाथि लगाइएका आरोपहरू निराधार छन् : मन्त्री जयसवाल

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आफूविरुद्ध सञ्चारमाध्यममा लगाइएका विभिन्न आरोपहरूको खण्डन गरेका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ, पर्साको सभा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री प्रमोद जयसवालले समाचारमा लगाइएको आरोपहरूलाई निराधार, तथ्यहीन, र अपुष्ट रहेको दाबी गरेका हुन् ।

मन्त्री जयसवालले अदालतबाट आफूले पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतको आदेशमा राखिएको धरौटी समेत फिर्ता पाएको तथ्य सार्वजनिक गरे । यस क्रममा, उनले अदालतको आदेश र धरौटी फिर्तासम्बन्धी निर्णयको प्रतीलिपि पनि प्रस्तुत गरे । मन्त्री प्रमोद जयसवाले आफ्ना सहोदर भाइ प्रदीप जयसवालले पनि वन्यजन्तु चोरी सिकारीको आरोपमा सबै सीआइबीसहित सबै निकायबाट पनि सफाइ पाएको दाबी गरे ।

पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमले एकपक्षीय र पूर्वाग्रहपूर्ण ढङ्गले समाचार प्रकाशित गरेको गुनासो व्यक्त गरे । उनले आफूलाई बदनाम गर्ने नियतले समाचार लेखिएको आरोप लगाउँदै समाचार प्रकाशित गर्नुअघि आफ्नो धारणा समेत माग नगरेकोप्रति गम्भीर असन्तोष व्यक्त गरे । उनले सञ्चारमाध्यमहरूलाई समाचार खण्डन गर्न आग्रह गर्दै त्यसो नगरे कानुनी कदम चाल्ने चेतावनी पनि दिए । साथै, उनले तथ्यविहीन र भ्रमपूर्ण समाचारले जनतामा गलत सन्देश जाने बताउँदै त्यस्ता खबरहरूको जिम्मेवारी सञ्चारमाध्यमले लिनुपर्नेमा जोड दिए ।

मन्त्री जयसवालले समाचार लेख्ने पत्रकार अन्य कुनै व्यक्तिको प्रभावमा आएको दाबी गर्दै सो व्यक्तिले पत्रकारलाई अधुरो जानकारी मात्र दिएको आरोप पनि लगाए । उनले यस्ता समाचार प्रकाशित गर्नुअघि पूरा सत्य जानकारी लिन पत्रकारहरूसँग आग्रह पनि गरे ।

जयसवाले आफूविरुद्ध समाचार लेख्ने पत्रकार जियालाल साहले धम्की प्राप्त गरेको र उनिमाथि सामाजिक सञ्जालमा गरिएको धम्कीपूर्ण टिप्पणीको घटनामा आफू र आफ्नो पार्टीका कार्यकर्ताहरूको संलग्नता अस्वीकार गर्दै यस्ता गतिविधिहरूको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । उनले समाचार लेखेकै भरमा पत्रकारलाई धाक धम्की दिनु दुखद भएको बताउँदै त्यस्तो नगर्न आग्रह पनि गरे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...

सरुवा भएको एक वर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई मेगजन लामा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो...