Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बसन्तपुरका ४५ जना छात्रालाई ट्रेकसुट वितरण

spot_img
spot_img

पाेखरिया । लेडिज सर्कल वीरगंजको सहयोगमा जिराभवानी गाउँपालिका वार्ड नं १ मा रहेको सिडी नेपाल राष्ट्रिय मावि कठकुया बसन्तपुरका ४५ जना छात्राहरुलाई विद्यालय पोशाक ट्रेकसुट वितरण गरिएकाे छ ।

विद्यालयमा अध्ययनरत अति विपन्न ४५ जना छात्राहरूले जाडोयाममा विद्यालय आउँदा विद्यालय पोशाक नभएकोले समस्या भइरहेको थियो । विद्यालय पोशाक पाएपछि बालिकाहरूको पढाइमा निरन्तरता हुने र जाडो याममा पनि विद्यालय आउन सजिलो हुने विद्यालयका प्रधानाध्यापक कृपा सिन्धुप्रसाद पटवारीले बताए ।

पोशाक वितरण कार्यक्रममा लेडिज सर्कल वीरगंजका अध्यक्ष खुशबु अग्रवाल, निधि जाटिया, नेहा अग्रवाल, नन्दनी अग्रवाल अनामिका पुजारी, राउन्ड टेबल ३ का आयुष गुप्ता, सुषमा गौतम, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया सहजकर्ता किरण ओझा, लालमती कुमारी, सुन्दरमा कुमारी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...