Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 360

समाजवादी प्रेस संगठन नेपालकाे केन्द्रिय पदाधिकारी बैठक वीरगंजमा सम्पन्न

वीरगंज । समाजवादी प्रेस संगठन नेपालकाे केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । 

संगठनका केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदीकाे अध्यक्षतामा बसेकाे बैठकले महासंघका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने कमिटी गठन गरेकाे छ । विश्वमणि सुवेदीकाे संयाेजकत्वमा गठित कमिटीकाे सदस्य नवराज छतकुली, रामकुमार एलन, कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहेका छन् ।

पर्सा शाखाको आतिथ्यतामा वीरगंजमा बसेकाे बैठकले केन्द्रीय लेखा आयोगका संयोजक मदन ठाकुरको शपथ पनि गरेका छ ।बैठकले अध्ययनका क्रममा चीनमा रहेका उपाध्यक्ष तेजप्रसाद वाग्लेले दिएकाे राजीनामा स्वीकृत गरेकाे छ ।

यसैगरी बैठकले संगठनकाे एसोसिएट्स/प्रतिष्ठानमा उपाध्यक्षमा सविन शर्मा, ललितपुर/वातावरणमा पत्रकार समूहकाे केन्द्रीय अनुशासन आयोगको संयोजक हरि जोशी, कैलाली – केन्द्रीय सदस्य- नन्दराम जैसी, जुम्ला – केन्द्रीय सदस्य- जीवन हमाल, प्युठान चयन गरेकाे छ ।

यसैगरी बैठकले संगठ केन्द्रीय कमिटी बैठक चैत महिनाभरि भित्र लुम्बिनीमा गर्ने गरेकाे निर्णय गरेकाे छ । बैठकले संगठनले वितरण गर्ने सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार, वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार, डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारकाे नाम अनुमाेदन गरेकाे छ ।

यसैगरी पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरेबमोजिम हुने बैठककाे निर्णय छ ।

वीरगंजस्थित बृन्दावन हाेटलमा बसेकाे बैठकमा संगठनका महासचिव रामकुमार एलन, नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

समाजवादी प्रेस संगठन पर्साकाे अध्यक्षमा शम्भु सुमन निर्विराेध निर्वाचित

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला सम्मेलन शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित हाेटल बृन्दावनमा सम्पन्न जिल्ला सम्मेलनमा शम्भु कुमार सुमनकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विराेध निर्वाचित भएका छ ।

कार्यसमितिकाे उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनाेद पटेल, सह सचिवमा श्याम सर्राफ र काेषाध्यक्षमा संताेष साह पनि निर्विराेध निर्वाचित भएका हुन् ।

यसैगरी संगठन पर्साकाे सदस्यमा श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सराेज पटेल, अमाेद शर्मा, श्रवण साह, राधेश्याम पटेल पनि सर्वसहमत चयन छन् ।

सम्मेलनले संगठन पर्साकाे सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेकाे छ । 

संगठन केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष  बिश्वमणी सुबेदीकाे प्रमुख आतिथ्यतामा भएकाे जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपाेलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका हुन् । नव निर्वाचित कार्यसमितिलाई सपथ खुवाउँदै अध्यक्ष सुवेदीले यस जिल्लाका समाजवादी प्रेस संगठन भाँडभैलाे मचाउन केही कुतत्वहरु लागेकाे हुनाले त्यस्ताकाे पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई अग्रह गरेका थिए ।

उनले समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुकाे अग्रणी संस्थाकाे रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा विभिन्न व्यक्ति र संस्थाहरु सम्मानित

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंजका प्रमुख अजित रेग्मीले मुलुककाे अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गएकाे वताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंककाे ५९ औं बार्षिकाेत्सवकाे अवसरमा वीरगंजमा आयाेजिकत कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख रेग्मीले काेभिडकाे बेलादेखि खराब हुँदै गएकाे अर्थतन्त्रकाे अवस्था अब सुधार हुँदै गएकाे वताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख रेग्मीले धरै पुरानाे राष्ट्रिय बाणिज्य बैंक वितिय पहुँच बढाउन सहयाेग पुर्याएकाे वताए । उनले सरकारी स्वामित्वकाे बैंकहरुले निजी बैंककाे सरह सेवा प्रवाह गर्नु पर्ने धारण राखे ।

राष्ट्रिय वाणिज्य बैंककाे मधेश प्रदेश कार्यालयकाे सभाहलमा भएकाे कार्यक्रममा बैंकलाई सहयाेग पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा कर्जा तर्फ सती इन्टरनेशनलका उमेश कुमार साह, लक्ष्मी दिप इन्टरप्राइजेजका अजय कुमार साह र ओम मिल स्टाेरका राजेश प्रसादलाई सम्मान गरिएकाे थियाे । त्यसैगरी निक्षेपकर्ता तर्फ वीरगंज नरसिंह क्याम्पसका प्रमुख डा. कल्पना पाैडेल, राजनन्दन झा र अमृता देवी कुर्मीलाई सम्मान गरिएकाे थियाे ।

त्यसैगरी शान्ति स्वर्णकालाका संचालक विजय कुमार साेनार, संकट माेचन निर्माण सेवाका संचालक भुपेन्द्र प्रसाद तुराहा, न्यु नारायणी इन्टरप्राइजेजका संचालक राज सर्राफ, प्रेरणा इन्टरप्राइजेका संचालक रजनी थापा र कविन कन्सट्रक्सनका संचालक जिवन सापकाेटालाई पनि सम्मान गरिएकाे थियाे ।

राष्ट्रि बाणिज्य बैंक मधेश प्रादेशिक कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रममा कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमनलाई समेत सम्मान गरिएकाे थियाे ।

राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरकाे सभापतित्वमा भएकाे कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, राष्ट्रिय वाणिज्य बैंकका मधेश प्रादेशिक कार्यालयका प्रादेशिक उप प्रमुख संध्या सिंह, शाखा कार्यालय वीरगंजका प्रबन्धक नरसिंह नारायण यादव, शाखा कार्यालय श्रीपुरका प्रबन्धक ओमप्रकाश साह कानु, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष राहुल कुमार ओझा, नेपाल राष्ट्रिय कर्मचारी संगठन मधेश प्रदेशका सचिव आलाेक रंजन कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन नेपाल वितिय संस्था कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष अशाेक कुमार यादवले गरेका थिए ।

यस अघि पनि बार्षिकाेत्सवकाे अवसरमा बैंकले विभिन्न कार्यक्रम आयाेजना गरेकाे थियाे । वैंककाे आयाेजनामा भएकाे विभिन्न प्रतियाेगिताकाे पुरस्कार पनि कार्यक्रममा वितरण गरिएकाे थियाे ।

पत्रकार महासंघ पर्सामा लाईब्रेरीकाे उद्घाटन

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी (पुस्तकालय) को एक कार्यक्रमका बीच बिहीबार उद्घाटन भएको छ । वीरगंज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निर्माण गरेको लाईब्रेरी (पुस्तकालय) को उद्घाटन भएको हो ।

वीरगंज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उद्घाटन गरेका हुन् । लाईब्रेरीको उद्घाटन गर्दै अध्यक्ष तिवारीले वीरगंज लेडिज सर्कलले करिब एक दशकदेखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए । अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वीरगंज लेडिज सर्कलकी अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् । साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने बिश्वास व्यक्त गरीन । कार्यक्रमको सहजीकरण वीरगंज लेडिज सर्कलकी उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।

भ्रष्टाचार र विभेदको विरुद्ध आन्दोलनको लागी तयार रहन अध्यक्ष सरार्फको निर्देशन

वीरगंज । जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले पर्सा जिल्लाका हरेक तह तप्काका नेता एवं जनसमुदायलाई बेथिति, भ्रष्टाचार र विभेदको विरुद्ध आन्दोलनको लागी तयार रहन आग्रह गरेका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर -३ को वडा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले जसपा नेतृत्वकाे मधेस प्रदेश सरकार भ्रष्टाचारमा चुर्लिम डुबेको, कमिसन खोरिकाे सिमा नाघेको र बेथितिको चाङ लागेकोले आम जनता संघीयताको अनुभुती गर्न नसकेको वताए । उनले सुशासन र समृद्धिको एक मात्र अबको विकल्प जनमत पार्टी रहेकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे ।

अधिवेशनद्वारा छिपहरमाई गाउँपालिका वडा नम्बर -३ को स्थानीय नेता अनिल सिहको अध्यक्षतामा ३१ सदस्यीय वडा एकाई कमिटी गठन गरेकाे छ । कमिटीको उपाध्यक्षमा बिरेन्द्र साह, लक्ष्मिना देवी, सचीवमा नितेश सिंह, कोषाध्यक्षमा सतेन्द्र सिंह, सह- सचीवमा कर्मचारी साह लगायत चयन भएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य अधिवक्ता हरिहर साह कानु, पर्वेक्षक सुजित चौरसिया, स्थानीय नेताहरु सुकेन साह, युवा नेताहरू संजय सिह, बिष्णु कुशवाहा, लोकेश कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजमा ‘शिवसुनिता ज्वेलर्स’ संचालनमा, अध्यक्ष सर्राफद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ६ गहवा चौक स्थित शिवसुनिता ज्वेलर्स संचालनमा आएको छ । ज्वेलर्सकाे एक कार्यक्रमकाे बिच जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले उद्घाटन गरेका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी रिकी सर्राफले यही माघ ८ गतेदेखि गहवा चौक स्थित आदर्श होटलदेखि ३ वटा घरको पूर्वपट्टि रहेको भवनमा शिवसुनिता ज्वेलर्स संचालनमा ल्याएका हुन् ।

माघ ८ गते विधिवत रुपमा पुजाआजा गरि संचालनमा ल्याइएको शिवसुनिता ज्वेलर्समा हरेक किसिमका गरगहना सुपथ मूल्यमा पाउनुको साथै २४ क्यारेट सुनचाँकीको नयाँ आधुनिक किसिमबाट गरगहना बनाइने गरेको संचालक रिकी सर्राफले जानकारी दिए । उनका अनुसार बढ्दो आधुनिक युगसँगै महिलाहरुलाई सुनचाँदीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आधुनिक किसिमबाट विशेष आकर्षक प्रकारका गरगहनाहरु बनाइने कार्य भइरहेको जानकारी दिए ।

सुनचाँदी किन्दा झुक्किएर नक्कली गरगहनाबाट बच्नको लागि ढुक्क भएर शिवसुनिता ज्वलेर्सबाट गरगहना खरिद गर्न उनले आग्रह गरे । यसको साथसाथै सुनचाँदी विक्री गर्न चाहने एवं पुरानो गरगहना साटेर नयाँ आधुनिक किसिमका गरगहना लिन चाहनेहरुले पनि शिवसुनिता ज्वेलर्समा आउन आग्रह गरे ।

यसको साथसाथै विवाहको लागि पनि आधुनिक किसिमको गरगहना चाहिमा ज्वेलर्समा सम्पर्क गर्न सकिने उनको भनाई छ । उनले भने ‘खास गरेर शादी विवाहको बखत ग्रामीण भेगका अशिक्षित व्यक्तिहरु सुनचाँदीका गरगहना किन्ने बेलामा झुक्किने गर्छन्, त्यसैले आँखा चिम्लेर ‘शिवसुनिता ज्वेलर्स’ बाट गरगहना किन्नुस्’ । यहाँबाट किनेको गरगहनामा कुनै किसिमको गुनासो, समस्या नहुने ठोकुवा गरे ।

मालपोत कार्यालय पर्साका नासु गुप्तालाई ५ वर्ष कैद, ९५ लाख जरिवाना

वीरगंज । विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय पर्साका नासु मदन प्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।

मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दोषी ठहर भएका आरोपितमध्ये एक नासु मदन प्रसाद गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ विगो मागदावी गरेको थियो ।

अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए । त्यही आरोपमा अख्तियारले उनीमाथि आर्थिक वर्ष २०७२/७३ मा राजस्व हिनामिना गरेको आरोपमा ९५ लाख ८ हजार विगो र त्यसको दोब्बर रकम जरिवाना मागदावी गरेको हो ।

अख्तियारले पछिल्लोपटक नासु गुप्ता विरुद्ध ७ असोजमा मुद्दा दायर गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा करिव साढे १२ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि थियो । अख्तियारका अनुसार, १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले एक लाख ६२ हजार रुपैंया मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए ।

त्यतिबेला उनीमाथि ‘उठाएको राजस्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको’ आरोप थियो । उनी सहित अर्का कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।

पुर्व राजाको नागरिक अभिनन्दनको तयारी तिव्र

वीरगंज । वीरगंजमा हुन लागेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको नागरिक अभिनन्दन समारोह सभ्य र भव्य बनाउने तयारी तिब्र रुपमा भैरहेको आयोजक समितिले जनाएको छ ।

“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति”का महासचिव हिरा बहादुर चन्दले मंगलबार टिभी जर्नलिस्टहरूसंगको भेटघाटमा वताए ।

भेटघाटमा नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेंन्द्रलाल नेपालीले पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट आउने जनताको प्रत्यक्ष उपस्थिति एवं विभिन्न राजनीतिक दल, राष्ट्रवादी/हिन्दूवादी संघसंस्थाको सहभागितामा वीरगंजस्थित लाल बंगला परिसरमा राजा ज्ञानेन्द्रको हुने नागरिक अभिनन्दनको व्यापक रुपमा तयारीमा लागेको जानकारी दिए ।

त्यसैगरी पुर्व राजा शाहलाई देशभरिका जनताबाट ठाउ–ठाउमा गरिंदै आएको अभिनन्दन वीरगंजमा पनि हुने खबरले पर्सा लगतायत आसपास जिल्लाका सर्वसाधारण नागरिकहरू उत्साहित देखिएको प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।

अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका संघसंगठन, राजनीतिक दल, संघसंस्थालगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको पनि उनले वताए ।

यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री केशर बहादुर विष्ट सम्मिलित एक टोलीले मंगलवार वीरगंज स्थित नागरिक अभिनन्द समारोह स्थल लालबंगला परिसरको स्थलगत निरीक्षण गरे ।

सो अवसरमा मंच व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधी, नरेश बहादुर सिंह मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।

परवानीपुरमा निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमाल स्थित स्वास्थ्य चौकीमा मंगलबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा भएकाे शिविरमा १४८ जनाले आँखा चेकजाँच गराएका हुन् । जस मध्ये ३२ जनामा मोतियाबिंद फेला परेको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन ।

शिविरमा माट्रिका आई फाउन्डेसनका अप्टोमेट्रिक्स डाक्टर मनिषा पटेलले आँखा चेकजाँच गरेकी थिइन । मोतियाबिंद फेला परेका सबै जनालाई यही माघ १९ गते वीरगंज मै आँखाको शल्यक्रिया गरिने अध्यक्ष खातुनले जानकारी दिइन् ।

शिविरमा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद पटेल, उपाध्यक्ष सुगान्धी देवी कनुइन, वडा नं. ३ का वडाध्यक्ष इब्राहीम देवान, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका सचिव सुशीला साह, माट्रिका आई फाउन्डेसनका मनोरञ्जन यादव, राजेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवलोकन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद पटेलले सराहनीय कार्य गरेको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । साथै उनले आउने दिनमा पनि यस क्लबसंग सहकार्य गरेर सामाजिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।

बाल विवाह रोकथाम सम्बन्धी वीरगंजमा अभिमुखीकरण

वीरगंज । “बाल विवाहलाई सम्बोधन गर्न किशोर किशोरीहरुलाई सशक्त बनाउने” कार्यक्रम सम्बन्धी अभिमुखकरण तथा समन्वय बैठक साेमबार वीरगंजमा सम्पन्न भएको छ । समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजनामा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा सहभागिहरुले बाल विवाह रोकथाम गर्न हरेक उपाय अपनाउने कुरामा जोड दिए । कार्यक्रममा वाेल्ने वक्ताहरुले मधेश प्रदेशमा अहिले पनि बाल विवाह रोकथाम हुन नसकेको र बाल विवाहले समाजमा अनेकौं घटनाहरू दिनानुदिन बढ्दै गइरहेकोमा सबैको धयानाकर्षण हुनु पर्ने वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्णले बाल विवाह रोकथाम गर्नकाे लागि सबै सरोकारवाला पक्षलाई आग्नु पर्ने वताए ।

कार्यक्रममा नेपाल प्रहरी, सामाजिक व्यक्ति, सामाजिक संघ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कानुन व्यसायीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले बाल विवाहको वर्तमान अवस्थाको बारेमा आ – आफ्ना अनुभवहरू सुनाएका थिए ।

कार्यक्रमममा दिव्य विकास केन्द्रका उपाध्यक्ष रमाकान्त पटेल, सचिव निर्मला भण्डारी, जिल्ला संयाेजक जय किशोर साह, सबिता रिमाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम बारे विस्तृत जानकारी केन्द्रकी बरिष्ठ संयाेजक प्रसूति खरेलले दिएकी थिइन् ।