Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

उपकार सेवाद्वारा बडगोको विद्यालयमा धारा जडान तथा शैक्षिक सामग्री वितरण

spot_img
spot_img

सेढवा । उपकार सेवा नेपालले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगो, जगरनाथपुर ३ पर्सामा १ सेट खानेपानीको लागि चापाकल (धारा) जडान गरि दिएकाे छ । संस्थाका अध्यक्ष बिद्या कुमारी सरावगीले विद्यालयमा जडान गरिएकाे धाराको उद्घाटन गरेकी हुन् ।

यसका साथै सरावगीले सो बिद्यालयमा अध्ययनरत १ सय जना छात्र/छात्राहरुलाई कापी, सिसाकलम, कटर लगायतका शैक्षिक सामग्री समेत बितरण गरेकी छन् ।

साे बिद्यालय स्थापना भएको करिब २५ बर्ष बिति सक्दा पनि खानेपानीका लागि धारा जडान भएका थिएन । जसका कारण बिद्यार्थीहरुलाई खानेपानीका लागि बिद्यालय बाहिर जानु पर्ने वाध्यता रहेकाे थियाे ।

खानेपानीकाे समस्या समाधानका लागि सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा सो धारा जडान गर्न सकिएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले बताए । धरा जडान गर्ने संस्था उपकार सेवालाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बडगोले प्रशन्सा पत्र प्रदान गरेकाे छ ।

साे अवसरमा उपकार सेवा नेपालका सदस्य पदमा देवी सरावगी, अंकुर शर्मा, जगरनाथपुर गाउँपालिका वडा नं. ३ का सदस्य हारण राउत गदी, शिक्षक मोस्लीम राउत गदी, यूवा अजय राम, सन्तोष राम लगायत स्थानीय बुद्धिजीवी, अभिभावकहरुको सहभागिता रहेका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...