Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

पटेर्वा सुगौलीमा जारी चौथो माघी तथा भाथा महोत्सव सम्पन्न

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा जारी चौथो माघी तथा भाथा महोत्सव बिहिबार सम्पन्न भएकाे छ । थारु संम्बत २६४९ नयाँ बर्ष तथा माघी खिचड़ीको अवसरमा नेरामाबि दापु सुगौलीको खेल मैदानमा आयोजित तीन दिने महोत्सव सम्पन्न भएकाे हाे ।

महोत्सवभरि भएका संस्कृतिक कार्यक्रममा गुदरबाबा नृत्य समूह दापु सुगौली प्रथम भएका छन । त्यस्तै बुटनी माई समूह उतर सुगौली द्वितिय र नेराआवि बैजनाथपुर तृतीय भएकाे मूल माघी समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए ।

उत्कृष्ट प्रस्तुति गरेका यी समूहहरुलाई क्रमश: रु १० हजार, रु ७ हजार र ४ हजार साथै ट्रफी प्रदान गरिएको अध्यक्ष गौरोले बताए । साथै तीन दिनसम्म चलेका यस महोत्सवमा ३६ जना आन्तरिक पर्यटकहरुले जीप सफारीबाट पर्यटकीय स्थल भाथा धामको भ्रमण गरेको र भोली चौध जना पाहुनाहरु भाथा जाने बुकिंग भएको अध्यक्ष गौरोले बताए ।

महोत्सवमा बिहिबार स्थानीय गायक तथा कलाकार सुनिल पडितले आफ्नो बेजोड प्रस्तुतिबाट दर्शकहरुलाई नचाएका थिए । गायक पंडितले ” माई रे माई रे….”, मोहना के गना के खेत मे….. लगायतका गीतमा दर्शकलाई झुमाएका थिए ।

त्यस्तै बुधबार महोत्सवमा “चल गे छौरी माघी के मेला मे, लाई केसार खियबउ पटेर्वासुगौली के मेला मे”, “बिजली जइशन गोर बारे, मछरीको झोर बारे” थारु गीतमा नेपाली निरहुवाले नचाएका थिए । सो दिन नेपाली निरहुवा र राष्ट्रिय थारू कलाकार रितु चौधरीको जोडीको अभिनय तथा नृत्यलाई दर्शकहरुले खुब मन पराए ।

महोत्सव सम्पन्न कार्यक्रम थारु यूवा सभा पर्साको अध्यक्ष शिवेन्द्र चौधरी अध्यक्षता एवम् दिप नारायण नमूना आदर्श माध्यमिक बिद्यालयका भूपू प्रधानाध्यापक रामचन्द्र ओझैयाको प्रमुख आतिथ्यमा भएकाे थियाे ।

कार्यक्रममा गाउँपालिका भरिका शिक्षा सेवा आयोग, लोक सेवा आयोग, सुरक्षा निकायका पदमा छनौट भाएका तथा अध्ययन गरी उच्च पद साहिल गर्न सफल भएका व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे । कार्यक्रम शिक्षक बैजनाथ महतो थारु र संचारकर्मी एन्जल चौधरीले संचालन गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...