Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत शासन गर्न लागेको बताएका हुन् । ‘सरकारले संसदको बैठक नबोलाएर अध्यादेशमार्फ़त शासन गर्न थाल्यो’, उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोकेको विषयलाई हामीले गम्भीर ढंगले लिनूपर्छ ।’

उनले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक भएको आरोप लगाए ।

सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले लगाए ।

जनताबाट डराएकै कारण यो वर्ष प्रधानमन्त्रीले ल्होछार, माघे सकराँती, नेपाल प्रिमियर लिग जस्ता उत्सवमा सहभागी हुन नसकेको उनको भनाइ छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको...

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...