Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

हिन्दु स्वयंसेवक संघद्वारा सामुहिक खिचडी कार्यक्रम

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपाल वीरगंजले माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु स्वयंसेवक संघ नेपाल वीरगंजले समता, ममता र समरसताको पर्व मकर संङ्क्रान्तिको अवसर पारेर वीरगंजकाे बाइपास राेडस्थित केशव धाममा एक कार्यक्रम अयोजना गरि माघे संक्रान्ति मनाएकाे हाे ।

कार्यक्रममा सहभागिहरुले हिन्दू धर्ममा दलित शब्दको कहि उच्चारण नभएको र दलित राजनीतिक शब्द भएकोले हिन्दु धर्मको ग्रन्थमा दलित नभएकोले यसलाई अहिले केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले विभिन्न जातजातिको बर्णन गरिएको वताए ।

सहभागिहरुले हिन्दु धर्म ग्रन्थमा उल्लेख भए अनुसार महिला र पुरुष मात्र रहेकाले हिन्दुले छुवाछूतको अन्त अहिले होइन उहिले हिन्दु धर्म ग्रन्थमा उल्लेख रहेको बताए । पहिला दलितहरुको पानी नचल्ने तथा छुवाछूतको भेदभाव राखने भएकोमा हिन्दु स्वयंसेवक संघले छुवाछूतलाई अन्त गर्न हामी सबै हिन्दु हु र हाम्रो धर्म संस्कृति पहिचान एउटै हो भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

कार्यक्रममा कथित दलित जसलाई नेताहरुले आफ्नो राजनितिक आखडा र राजनीतिक भाेटबैंक मात्र बनाउने उदेश्यले आम धर्मलाई विभाजन गरिएको संघको बुझाई रहेको छ । भाषामा दलित भनिएको छ, कार्यक्रममा डोम, चमार, दुशाद लगायत हिन्दुका विभिन्न जात जातिका ब्यक्तिहरुलाई एकै ठाउमा बोलाएर भेला गरि सबैको घरबाट तिल, चिउराको लड्डु ल्याउने र सबै मिलाएर परिकारमा मिसाएर खिचडी बनाईएको थियो ।

उक्त कार्यक्रममा सबै जातजातिका ब्यक्तिहरु र संघका स्वयंसेवकहरु एकै ठाउँमा बसेर सामुहिक खिंचडी खाएका थिए । हिन्दु सबै हामी भाइ भाइ हौ हामी जातिय भेदभाव हुनु हुँदैन हामी हिन्दूहरुमा समता, ममता र समरसताको भाव हुनु पर्ने संघको बुझाइ रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...