Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जीराभवानीमा आगलागी हुँदा १८ ओटा पशुचाैपाय जल्याे

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ । स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट भएको हाे ।

राती करिब १ बजे समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए । अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...