Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

एसएसपी गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय पर्साकाे निरिक्षण

spot_img
spot_img
वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरधाम धनुषाका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र बहादुर गुरुङले बिहिबार जिल्ला प्रहरी कार्यालय पर्साकाे अनुगमन तथा निरिक्षण गरेका छन् । एसएसपी गुरुङले अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
एसएसपी गुरुङकाे नेतृत्वमा रहेको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय पर्साकाे अपराध अनुसन्धान तथा कारवाही शाखा, सिएफडी/सिआरएस शाखा, सिडिआर सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानविन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा तथा नागरिक सहायता कक्ष समेतको निरीक्षण गरेका हुन् ।
 
उनले निरिक्षणकाे क्रममा सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था, सिएपी निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
सो क्रममा एसएसपी गुरुङले कर्मचारीहरुद्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका हुन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...