Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

जाडो र शितलहरले प्रभावति इटियाहिको दलित वस्ती राहतको पर्खाइमा

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाही टोलका ५० घरदुरीका दलित परिवार जाडोले कठ्याङ्ग्रिदाे अवस्थामा रहेपनि कुनै निकायले राहत सहयोग नगरेको गुनासाे गरेका छन ।

बिभिन्न दातृ निकायहरु विभिन्न ठाउँका जाडाे प्रभावित दलित तथा गरीब परिवारलाई सहयोग गरेपनि इटियाहीका गरिब तथा विपन्न दलित परिवारलाई सहयाेग नगरेकाे स्थानिय समाजसेवी चन्देश्वर साहले गुनासाे गरेका छन् । जाडाे प्रभावित इटियाहीका ५० घर परिवालाई राहत स्वरुप न्यानाे कपडाकाे आवश्यकता रहेकाे उनले वताएका छन् ।

केही दिनदेखिकाे बढ्दाे जाडाे र शितलहरका कारण ति परिवार घुर तापेर जाडो छल्दै आएका छन । स्थानिय दलित अगुवाका अनुसार जाडोको शुरु देखी नै स्थानिय जनप्रतिनिधिहरु संग यस बिषयमा कुरा राख्दा आश्वाशन मात्रै दिएको तर बुधबार सम्म कम्बल लगायतकाे न्यानाे कपडा बितरण गर्न भने पनि बितरण नगरेको गुनासाे गरे ।

यसैगरी जिल्ला बन कार्यालय, गाउँपालिकाको कार्यालय र विपद्काे लागि काम गर्दै आएका बिभिन्न क्रियाशिल स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्था, रेडक्रसले पनि वास्ता नगरेको सो गाउँका स्थानिय अगुवाहरुले बताएका छन् ।

स्थानिय तथा जिल्ला स्तरिय विपद् व्यवस्थापन समिति समेत गठन भएपनि बिपद्काे समयमा पुर्ब तैयारी नरहँदा स्थानिय दलित, गरीब, असहाय, सिमांकृत समुदायलाई पिडा हुने गरेको बुद्धिजीवीहरु बताउँछन । विगतमा केही स्थानिय पालिकाहरुले कम्बल लगायतकाे न्यानाे कपडा वितरण गर्दै आएपनि समयमै बितरण नगर्दा समस्या हुने गरेकाे छ ।

विभिन्न दातृ निकायकाे सहयाेगमा जिल्ला विपद् व्यवस्थापन समितिकाे तर्फबाट विभिन्न ठाउँकाे जाडाे प्रभावितलाई राहत वितरण गर्दै आएका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस ठाउँमा पनि ध्यान पुग्न जरुरी देखिन्छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...