Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026

मुसहर बस्तीका बालबालिकाहरुलाई न्यानाे कपडा वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहाकाे मुसहर बस्तीमा बुधबार पनि न्यानाे कपडा वितरण गरिएकाे छ । मंगलबार जिल्ला विपद् व्यवस्थापन समितिबाट साेही मुसहर बस्तीमा कम्बल वितरण गर्न पुगेका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय त्यसकै भाेलीपल्ट बुधबार फेरी त्यहीँ पुगेर बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गरेका हुन् ।

जाडाे तथा शितलहरले प्रभावित मुसहर बस्तीमा कम्बल वितरण गर्न पुगेका अधिकारी अर्यालले त्यँहाका बालबालिकाकाे अवस्था देखेर तिनिहरुकाे तथ्यांक संकलन गर्न निर्देशन दिएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारी अर्यालले त्यसकै भाेली पल्ट त्यँहाका बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गर्न पुगेका थिए ।

अधिकारी अर्यालले राेटरी क्लबकाे सहयाेगमा मुसहर बस्तीका दुई सय भन्दा बढी बालबालिकाहरु टोपी, ज्याकेट, ट्रेक सुट, जुता लगायतकाे न्यानाे कपडा वितरण गरेका हुन् ।

यसैगरी पकहाँ मैनपुर गाउँपालिका कै वडा नं. १ धाेरेका डाेम बस्तीमा कम्बल वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । जाडाे तथा शितलहरबाट प्रभावित २८ घरपरिवारलाई एक/एक थानकाे दरले कम्बल वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेलले जानकारी दिए ।  

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, स्थानिय युवा नेता अकलेश साह, रोटी क्लब अफ वीरगंजका प्रेसिडेन्ट निर्मल खत्री, राेट्याक्ट क्लबका दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...

शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनुहुँदैन : कार्यवाहक नगर प्रमुख आलम

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव तयार रहेको बताएका...