Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 352

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । 

पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले अगामी जेठ महिना हुन लागेकाे पार्टीकाे महाधिवेशनकाे तयारीकाे लागि सदस्यता नविकरण र नयाँ वितरण गर्ने निर्णय गरेकाे छ ।

साथै बैठक पार्टीकाे जिल्ला सचिवाल कमिटीमा १६ जना र जिल्ला सदस्यमा १६ जनालाई थप गर्ने निर्णय गरेकाे छ । जिल्ला सचिवालय सदस्यमा लालमन वाइवा, उमेश ठाकुर, रमेश चाैधरी, नेपाल इन्दु साह, विनय लाल गुप्ता, अमिरिलाल कलवार, मदन कुर्मी, राजमहमद अन्सारी, मदन हाजरा लगायतका चयन भएका छन् ।

वीरगंजस्थित डाइमण्ड पार्टी प्यालेसमा बसेकाे बैठकका पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी, पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्यराे सदस्य एवम् वीरगंज महानर इन्चार्ज चिरन्जिवी अचार्य, केन्द्रिय लेखा आयाेगका सदस्य किशाेरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, उपाध्यक्ष मंजुर आलम, सुभदार यादव लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे । 

समाजवादी प्रेस संगठन झापाकाे अध्यक्षमा दाहाल

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, झापाकाे जिल्ला भेला शनिबार सम्पन्न भएकाे छ । झापाकाे विर्तामोडमा सम्पन्न भेलाले शम्भुजित दाहालकाे अध्यक्षता नयाँ कार्यसमिति सर्वसहमत चयन गरेकाे छ ।  

भेलाले संगठनकाे उपाध्यक्षमा रिता दाहाल, गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी, रन्जिता खड्का, कोषाध्यक्षमा दिपिका लोहार चयन भएका छन् । त्यस्तै संगठनका सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।

संगठनका केन्द्रिय अध्यक्ष विश्वमनी सुवेदीकाे विशेष उपस्थितीमा भेला सम्पन्न भएकाे हाे । 

युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताएका छन् । देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको प्रमुख सिंहको भनाई छ । 

अलाईड युथ सोसाइटीले आयोजना गरेको छात्राहरुको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले आगामी चैतमा महानगरले एथ्लेटिक्स प्रतियोगीता आयोजना गर्न लागेको जानकारी गराए ।

पछिल्लो समयमा खेल क्षेत्रतर्फको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै वीरगंजबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना बमोजिम तयारी भइरहेको सिंहले बताए । उनले भने, ‘खेलाडी भनेका राष्ट्रका गहना हुन् । वीरगंजबाट हामीले सबै किसिमका खेलमा सहभागी हुने खेलाडी बनाउनुछ । खेल क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नु छ । जुन काम हामीले यसअघि देखि नै गरीरहेका छौँ ।’ 

प्रयास गर्दै जाँदा हारजित तथा अन्य चुनौती आउनु स्वभाविक भएको बताउँदै उनले भने, ‘हिँड्ने मान्छेलाई नै ठेस लाग्छ र लड्छ । जो हिँड्दै हिँड्दैन, त्यो लड्दैन र जो लड्दैन उसले केही सिक्दैन । त्यसैले हरेस खाने हैन, लक्ष्य निर्धारण गरेर गन्तव्यमा नपुग्दा सम्म निरन्तर मेहनत गर्नुहोस् ।’ 

अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा भएको समापन समारोहमा विजयी हुने गौतम माविलाई अवार्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह अघि भएको फाइनल खेलमा दिल्ली पब्लिक स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको हो ।

३ दिनसम्म चलेको प्रतियोगीतामा वीरगंजका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीतामा महेश सिंह धामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । समापन समारोहको सहजीकरण मान्सी नेपालीले गरेकी थिइन् ।

वीरगंजलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगंजका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन् । वीरगंजस्थित गौतम माद्यामिक विद्यालयकाे ४७ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले वीरगंज महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको वताए ।

साथै उच्च शिक्षाका लागि वीरगंज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगंज गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा मेयर सिंहको जोड थियाे । उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगंज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’

गौतम माविका विद्यार्थीहरुको प्रस्तुती हेर्दै उनले थपे, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगंज शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’

कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् । साथै एक साताको छोटो समयमा तयारी गरेर विद्यार्थीहरुले विभिन्न सचेतनामुलक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधान र शिक्षिका श्वेता क्षेत्री गरेका थिए ।

वीरगंजमा पहिलो पटक निकालियो ‘जगन्नाथ रथयात्रा’

वीरगंज । वीरगंजमा पहिलाे पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । ईस्कोनकाे आयाेजनामा निस्केकाे रथयात्राकाे सुभारम्भ वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । 

वीरगंजकाे घण्टाघरबाट निस्केकाे रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल, कैलाश होटल हुँदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर सम्पन्न भएकाे थियो । 

रथयात्राका क्रममा वीरगंजमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही दिन अघि मात्रै वीरगंजमा भएको झडपका कारण कर्फ्यू लगाउनु परेको थियाे । त्यसै कारण धार्मिक सद्भाव बिथोलीन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

रथयात्रामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगंजका अध्यक्ष रुपसनातन दासले जानकारी दिए ।

चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न भएकाे छ । 

वीरगंजस्थित क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा विजी वि किड्स रहेकाे विद्यालयकाे नाम परिवर्तन गरि चिल्ड्रेन ग्राडेन स्कुल नमांकन गरिएकाे थियाे ।

विद्यालयकी संचालक तथा प्रिन्सपल राेशनी श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज युवा समाजका कमल चाैलागाई, राजिव आनन्द, शनि दुवे, सुलभ केशी, विजय बाल, प्रकाश कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न किसिमकाे सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

वीरगंजलाई वैभब बनाउन ऊर्जाशिल युवाको खाँचो छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ ।

वीरगंजकाे आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित हल्ट प्राईज वीरगंज पब्लिक कलेज (बिपिसी) को समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले वैभब वीरगंज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘तपाई युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगञ्जलाई बैभव बनाउने अभियालाई सफल पारौँ । हामीले गरीरहेका कामलाई अझै राम्रो र प्रभावकारी बनाउने खालका कुनै योजना छन् भने आउनुहोस् सहकार्य गरौँ ।’

२१ महिनाको अवधिमा आफुले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको सुभारम्भ गरेको बताउँदै उनले आफ्नो कार्यकालमा वीरगंजकाे मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले भने, ‘हामीले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ । कुनै पनि काम सानो ठूलो हुँदैन । मान्छेले के भन्लान् भनेर काम नगर्ने सोच र प्रवृतीलाई त्यागेर मेहनत र लगनमा विश्वास गरौँ ।’

साथै उनले वीरगंज महानगर प्रमुख सिंहको नेतृत्वमा छोटो समयमा वीरगंजमा भएको परिवर्तनको प्रसंशा गरे । उनले भने, ‘कोही बाहिरबाट आउने अतिथीहरुलाई म वीरगञ्जमा एक रात बसाएर रातिको समयमा वीरगञ्ज घुमाएर पठाउँछु । त्यसपछि उहाँहरुले वीरगंजमा परिवर्तन भएको आभाष गर्नुहुन्छ ।’ उनले थपे, ‘म आफै पनि मेयरको आकांक्षी थिए । यदि टिकट पाएर जितेको भएपनि अहिलेको जस्तो काम गर्न सक्ने थिएन ।’

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ ।

हल्टप्राइज फाइनलका लागि मोहित ग्रूपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सीपल सन्नी पाख्रिन, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रमको सहजीकरण शिवम साहले गरेका थिए ।

जिवीराईकाे सम्पतिबाट वीरगंजबासीकाे १३५ करोड फिर्ता गराउन सांसद यादवको मांग

वीरगंज । प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा सहकारीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा लयाउन मांग गरेका छन ।

प्रतिनिधि सभाको शुक्रबारकाे बैठकमा बोल्दै पुर्व मन्त्रि समेत रहेका सांसद यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया लिएर फरार भएको भन्दै सहकारीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरा लयाउन सरकारको ध्यानाकर्षण गराए ।

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जमा अच्चम्मको कार्य गरेको सांसद यादवले सुनाए, वीरगञ्जमा कार्यालय खोलेर वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया सहकारीका संचालक जिवी राईले आफना आफन्त, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा टेलिभिजनमा काम गर्ने कर्मचारी गरेर ७५ जनालाई ९४ करोड रुपैया बिना धितो मात्र कपाली तमसुक बनाएर बाडिएको बताए ।

सांसद यादवले भने आम सर्वसाधारण व्यक्ती बैंकमा ऋण लिदा जग्गा जमीन धरौटी राख्नुका साथै सात पुस्ते लेखाउनु पर्ने हुन्छ तर सहकारीले वीरगञ्ज बाहिरका व्यक्तीलाई समान्य कपाली तमसुकको भरमा ९४ करोड रुपैया बाडेको आरोप लगाए । कपाली तमसुकको भरमा मात्र ६ करोड रुपैया सम्म सहकारीले बाडेको बताउदै नेपाल प्रहरीको सिआईबी तथा नेपाल सरकारको ध्यान किन नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद यादवले सहकारी प्रकरणमा संस्थामा संलग्न जिवी राई लगाएत सबैजनालाई अविलम्ब पक्राउ गरी कार्यवाहीको दायरामा लयाउन गम्भीर ध्यानाकर्षण गराए । वीरगञ्ज बासीका १ सय ३५ करोड रुपैया लिएर फरार भएका जिवी राई सहित सहकारीका कर्मचारीहरुको चलअचल सम्पत्ती बेचेर भएपनि वीरगञ्ज बासीका सम्पुर्ण रकम फिर्ता गराउन उनले मांग गरे ।

समाजवादी प्रेस संगठन पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

मकवानपुर जिल्लाकाे भिमफेदी गाउँपालिकास्थित त्रिखण्डी वनभाेज स्थलमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणि सुवेदीले संगठनले श्रमजिवि पत्रकारकाे हितमा काम गर्नु पर्ने वताए ।

उनले पर्सा जिल्ला समितिले आफ्ने क्रियाशिलता राम्राे प्रस्तुत गरेकाे भन्दै खुशी व्यक्त गर्दै संगठनले अब महासंघकाे निर्वाचन केन्द्रित गतिविधिमा लाग्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष सुवेदीले पर्सा संगठनकाे विषयमा केही हल्लाहरु भएपनि कुनै समस्या नरहेकाे स्पष्ट पारे । उनले संगठनकाे नाम, छाप र लेटर प्याड दुरुपयाेग गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालमा कारवाहीकाे लागि पत्रचार समेत गरिसकिएकाे जानकारी गराए ।

कार्यक्रममा माघ १२ गते सम्पन्न विशेष जिल्ला अधिवेशनबाट निर्वाचित शम्भु कुमार सुमन नेतृत्वकाे कार्यसमितिलाई प्रमाण पत्र तथा परिचय पत्र समेत वितरण गरिएकाे संगठन पर्साका सचिव विनाेद पटेलले जानकारी दिए ।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, संगठनका केन्द्रिय सचिव वृजलाल पासवान, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सचिव रमेश सुवेदी, केन्द्रिय सदस्यद्वय मनाेज पटेल, अफराेज अर्पन, संगठनका मकावानपुर अध्यक्ष शिव चाैलागाई, चितवन सचिव पुर्ण बहादुर मगर लगायतकाे सहभागिता रहेकाे थियाे । 

समाजवादी प्रेस संगठन नेपाल, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमकाे संचालन संगठन पर्साका सह सचिव श्याम कुमार सर्राफले गरेका थिए । साेही कार्यक्रममा संगठन पर्साका निर्वतमान अध्यक्ष एवम् केन्द्रिय सदस्य मनाेज पटेललाई संगठले दिएकाे जिम्मेवारी अनुसार विशेष अधिवेशन कुशलता पुर्वक सम्पन्न गरेकाे भन्दै प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

वीरगंजमा लगाइएकाे कर्फ्यु पूर्ण रुपले हटयाे

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार रातिदेखि पूर्ण रुपले कर्फ्यु हटाएको छ । फागुन ७ गते साेमबार सांझ ५ बजेदेखि लगाइएको कर्फ्यु  ९ गते बुधबार राति १० बजेदेखि लागू हुने गरी पूर्ण रुपले हटाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए । 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बुधबार सान्झ ए‍क सूचना जारी गर्दै वीरगंजकाे स्थिती सामान्य हुँदै गएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा (५) बमोजिम पूर्ण रुपले कर्फ्यु  हटाइएको जनाएका छन् ।

गत फागुन ३ गते विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीकाे मुर्ती सेलाउन जाने क्रममा दुई पक्षबीच  झडप भएको थियाे । सोही घटनाकाे विराेधमा एक समुहले वीरगंजमा विराेध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेकाे थियाे ।

साेही क्रममा अर्काे समुहले छपकैयाबाट विराेध प्रदर्शन गर्दै आदर्शनगर सम्म पुगेपछि प्रहरीले उनीहरुलाई त्यही राेकन खाेजेकाे थियाे । त्यसै क्रममा प्रहरी र प्रदर्शनमा उत्रेकाहरु बिच झडप समेत भएकाे थियाे । प्रहरीले भिड तितरवितर पार्न केही राउन्ड आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे । साेही क्रममा ९ जना प्रहरी समेत घाइते भएका थिए ।

त्यसपछि पनि स्थिती साम्य नभएपछि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले अन्निचितकालि कर्फु आदेश जारी गरेकाे थियाे ।

मंगलबारमा कर्फ्युकाे क्रममा हिन्दु समाजले ठाउँ ठाउँमा प्रर्दशन गरेकाे थियाे । प्रदर्शन गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे थियाे । वीरगंजकाे विभिन्न ठाउँबाट पक्राउ परेका सबै जनालाई मंगलबार सांझ प्रहरीले छाेडेकाे थियाे ।