Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 351

धाेबिनी गाउँपालिकामा ब्युटिसियन र सिलाई कटाई तालिम सुरु

0

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. २ मा साेमबारदेखि एक महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । धाेबिनी गाउँपालिकाकाे सहयाेग र स्वराेजगार व्यवसायिक तालिम केन्द्र वीरगंज ११ काे आयाेजनामा तालिम सुरु भएकाे हाे ।

वडा नं. २ काे कार्यालयमा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच धाेबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले उद्घाटन गरेका थिए ।

वडाध्यक्ष देवेन्द्र प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रमाेद साह, समाजिक विकास शाखा प्रमुख जितेन्द्र चाैहान, सव इन्जिनियर रविभुषण पटेल, याेजना शाखा प्रमुख पप्पु पटेल, महिला वडा सदस्य ब्यान्ती देवी, स्थानिय भिखारी पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२५ जना स्थानिय महिलाकाे सहभागिता रहेकाे तालिममा पुनिता देवी चाैहानले प्रशिक्षणा दिइरहेकी आयाेजक संस्थाले जनाएकाे छ ।

यसैगरी धाेबिनी गाउँपालिकाकाे वडा नं. १ मा साेमबारदेखि नै डेढ महिने ब्युटिसियन तालिम सुरु भएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे सहयाेग र क्वालिटी ब्यवसायीक सिप प्रा.लि. जगरनाथपुर गाउँपालिका ५ काे आयाेजनामा स्वराेजगार व्यवसायिक तालिम सुरु भएकाे हाे ।

पिपरास्थित स्वास्थ्य चाैकीकाे भवनमा सुरु भएकाे तालिममा ३० जनाकाे सहभागिता रहेकाे छ । तालिममा रानी यादव र संजना पटेलले प्रशिक्षण दिइरहेका छन् ।

वडाध्यक्ष बन्धु साह तेलीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका कार्यालयका समाजिक विकास शाखा प्रमुख जितेन्द्र चाैहान, वडा सदस्य विरेन्द्र राउत लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तीन जना नक्कली चिकित्सक पक्राउ

रौतहट । रौतहटमा तीन जना नक्कली चिकित्सक पक्राउ परेका छन् । उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला पूर्वी चम्पारण थाना ढाका वड़ा नम्बर १४ खैरबा निवासी ३५ वर्षीय हसीन अख्तर, पूर्वी चम्पारण शिकारगञ्ज वड़ा नम्बर ३ बटोआ निवासी २७ वर्षीय मो. तबरेज आलम र रौतहट जिल्लाको यमुनामाई गाउँपालिका– २ भेडियाही निवासी २७ वर्षीय कलम मन्सूरी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

जिल्लाको यमुनामाई गाउँपालिका– १ सुकदेव चोकमा सञ्चालनमा रहेको सागरमाथा तराई हस्पिटल प्रालिमा योग्यता नपुगेको तथा इजाजत पत्र समेत नभएका व्यक्तिले उपचार गरिरहेको प्राप्त भएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गएको अनुगमन टोलीले तीनै जनालाई पक्राउ गरेकाे वताइन ।

उनीहरुले भारतमा अभ्यास गरेको आधारमा नेपालमा उपचार गर्ने गरेको बुझिएको छ । नेपालमा उपचार गर्नको लागि सम्वन्धित निकायसँग अनुमति लिनुपर्नेमा सो नगरी विना इजाजत पत्रको बिरामीहरुलाई शल्यक्रिया गर्ने गरेकाले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत उपचारसम्बन्धी कसूरमा कानून बमोजिम कारवाही अगाडि बढाइएको र यसमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिइन ।

समाजलाई जीवित राख्न पत्रकारिता आवश्यक : राज्यमन्त्री अन्सारी

0

वीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् । पत्रकारिता दुषित भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै उनले पत्रकारितालाई पकवान जस्ता बनाउन नहुने बताए ।

युएस एडको आर्थिक सहयोग, एसिया फाउण्डेशन नागरिक समाज र सञ्चारको सहकार्यमा हाम्रो अभियान पर्साले वीरगंजमा आयोजना गरेको युवा, महिला र सीमान्तकृतहरुको लागि पत्रकारिता फेलोसिप समापन समारोहमा राज्यमन्त्री अन्सारीले यस्तो बताएका हुन् ।

उनले समाजलाई जीवित राख्नको लागि पत्रकारिताको आवश्यकता रहेको बताउँदै कहिलेकाही मिडियाले पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न हुने गरेकोले यसतर्फ सञ्चारकर्मीहरु सचेत हुनुपर्ने बताए ।

महिला, युवा र सीमान्तकृत समुदायका आवाजहरुलाई सम्बोधन गराउनका लागि विभिन्न दातृ निकायको सहयोगमा हाम्रो अभियान संस्थाले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको बताए ।

हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसएडका प्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी, सुमिन्त्रा मनान्धर, अजय दास लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सात महिनासम्म पत्रकारिता फेलोसिपमा सहभागि भएका १० जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियाे । 

वीरगंजस्थित वृदावन हाेटलमा भएकाे कार्यक्रममा परियाेजनाकाे उपलब्धि बारे कार्यक्रम अधिकृत सलमा खातुनले प्रस्तुती गरेकी थिइन भने कार्यक्रमकाे संचालन पत्रकार सुर्या नारायण विक र पुनम चाैधरीले गरेका थिए । 

वीरगंज कलेजले खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने

वीरगंज । वीरगंज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको जनाएकाे छ ।

कलेजले साेमबार पत्रकार सम्मेलनको आयोजना गरेर फागुण १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवर्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताए ।

खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा.चौधरीले बताए । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।

गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताए । खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताए ।

विद्यार्थीहरुको पाठ्यक्रमको अध्ययन मात्रै नभई उनीहरुलाई स्वरोजगार बनाई आयआर्जनका लागि प्रोत्साहन गर्नका लागि पनि मेला सहज माध्यम हुने क्याम्पस प्रमुख गुप्ताको भनाई छ । खाना तथा सांस्कृतिक मेला आयोजना गर्न लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्य प्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोग हुनेछ ।

आन्तरिक श्रोत, मुख्यप्रायोजक, प्रायोजक र सह प्रायोजकबाट प्राप्त कोषको रकम स्टल, स्टेज, लाईट, साउण्ड लगायतका भौतिक साधनहरुमा खर्च गरि बिद्यार्थीहरुलाई उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

मेलामा स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समुहलाई दिइनेछ । उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरणका लागि राख्ने छन् । स्टलबाट विक्री भएको आम्दानी बिद्यार्थीहरुको हुने र कलेजले बिद्यार्थीहरुसंग कुनै शुल्क नलिएको पनि डा.चौधरीले बताए । कलेज परिसमा भएकाे पत्रकार सम्मेलनकाे संचालन पत्रकार मनाेज पटेलले गरेका थिए ।

गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान रामकुमार एलनलाई

हेटौँडा। झरना साहित्यिक संस्थाको दुई दिने कला साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । नन्दादेवी गौतमले आफ्ना छोरा स्व.गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेका नगद ११ हजार १११ रुपैयाँ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलनलाई प्रदान गरिएकाे छ ।

‌एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टिका सम्पादक हुन् । 

पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको थियो । सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद २१ हजार १२१ रुपैयाँ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको थियाे ।

यस्तै, साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेका नगद १५ हजार ५५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढाकाललाई प्रदान गरिएको छ ।

यस्तै, साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खडानन्द–मनमाया युवाप्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दाहालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सुशीला दाहाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, चन्द्रकुमार राईले स्थापना गरेका नगद ५ हजार ५५५ रुपैयाँ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।

जगरनाथपुरमा दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आइतबारदेखि दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिकाको वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा सुरु भएकाे प्रतियोगिताकाे वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै उप मेयर आलमले प्रतियाेगिताले राष्ट्रिय स्तरकाे खेलाडी उत्पन गर्ने महत्वपूर्ण भुमिका खेल्ने वताए । उनले प्रतियाेतिमा सहभागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थीहरुले सानै उमेर राम्राे प्रस्तुती गरेकाे भन्दै प्रशंसा समेत ब्यक्त गरे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उप मेयर आलमले पर्साकाे ग्रामिण भेगमा रहेका विद्यालयका विद्यार्थीहरुले गरेकाे प्रस्तुती देखेर आफु खुसि भएकाे वताउँदै अगामी दिनमा अझै राम्राे गर्नु पर्ने भन्दै शुभकामना समेत दिए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रतियाेगिता अनुसाशित र प्रादर्शित रुपमा सम्पन्न गर्न निर्देशन दिए । उनले खेल अनुशासनकाे प्रतिक भएकाे वताउँदै खेलमा इमन्दारि पूर्वक अनुशासित भएर खेल्नु पर्ने वताए ।

अध्यक्ष यादवले प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने र मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको वताए ।

जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिता तीन दिनसम्म चल्ने छ । प्रतियोगितामा ९ वटा खेल विधामा गाउँपालिका अन्तर्गतका विद्यालयका विद्यार्थीहरु भाग लिएका छन् ।

गाउँपालिका अन्तर्गतका २७ विद्यालयका २ सय ६० जना छात्र/छात्रा खेलमा सहभागी भएकाे ग‍ाउँपालिकाले जनाएकाे छ । प्रा.वि. तहमा १०० मिटर दौड, २०० मिटर दौड, हाई जम्प, लङ्ग तथा आधारभुत तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट र मावि तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट, ज्याभलिङ्ग थ्रो, कवडी लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । 

गाउँपालिकाका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत किष्णनन्दन राय, वडाध्यक्ष लक्ष्मी साह तेली, नेपाली कुशवाहा, प्रभुनाथ प्रसाद नुनिया, अयाेध्या प्रसाद कुर्मी, लेखा प्रमुख सन्देश कुशवाहा, शिक्षा शाखा प्रमुख अशाेक सिंह, सम्पुर्ण विद्यालयका प्रधानाध्यापक एवं शिक्षक, बिद्यार्थी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

इकाई प्रमुख मुखियाकाे लापरवाहीले सेवाग्राही मर्कामा

वीरगंज । शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख उमेश कुमार मुखियाकाे लापरवाहीले सेवाग्राही मर्कामा परेका छन् । उनले शिक्षक सेवा आयाेगकाे परिक्षा उर्तिर्ण गरेका नि.मा.वि. तहका सफल उम्मेदवार तथा अन्य सेवाग्राहीहरुलाई दु:ख दिदै गरेकाे गुनासाे प्राप्त भएकाे छ ।

अन्य जिल्लामा सिफारिस भएका उम्मेदवारहरुकाे न्युक्ति भइसकेपनि पर्सामा प्रमुख मुखियाकाे लापरवाहीले अहिले सम्म न्युक्ति पक्रिया अगाडी बढन सकेकाे छैनन् ।

नि.मा.बि.सफल उम्मेदवारहरुलाई स्थानिय तह छनौट गराए पनि नियुक्तिको अत्तोपत्तो छैन् । नि.मा.बि.सफल उम्मेदवारहरु विभिन्न प्रदेश, जिल्ला तथा स्थानिय तहबाट आएकाले पुन घर फर्किन पनि गाह्राे रहेको हुँदा नियुक्ति पाउने आशमा विरगंजको होटलमा बास लिएर बस्न बाध्य भएका छन् ।

यसका साथै अवकाश प्राप्त शिक्षकहरुको अवकाश पत्र तयार गर्नको लागी एक शिक्षकलाई १० दिन देखी दौडाएर काम पनि गरेका छैनन् । 

प्रमुख मुखियाले अरु प्रदेश तथा अन्य जिल्लाको तुलनामा यस जिल्लाका सफल नि.मा.बि. उम्मेदवारहरुलाई कनिष्ठ (जुनियर) बनाउन नीति लिएका छन् । गत माघ २९ गतेदेखी निमित्तको जिम्मेवारी पाएका मुखियाले अन्य जिल्लाहरुबाट यस जिल्लामा सरुवा भएर आउने शिक्षकहरुलाई दिनहुँ बोलाएर काम पनि नगर्ने गरेकाे सेवाग्राहीहरुले वताएका छन् ।

सेवाग्राहीका अनुसार पर्सा जिल्लाबाट अन्यत्र सरुवा भई जाने शिक्षकहरुको जिल्लान्तर सरुवा सहमति पानि नदिई दिनहुँ बोलाएर दुख दिने गरेका छन् । आफु परिक्षणकालमा रहेकोले नियमसम्मत काम पनि गर्न गाह्राे हुने भन्ने अभिव्यक्ति उनको रहेको छ । गत फाल्गुन १० शिक्षक महासंघले नि.मा.बि.नियुक्ति समबन्धमा दिएको ज्ञापन पत्रले आफुलाई केही फरक नपर्ने उनकाे भनाई छ ।

धुनषा जिल्ला बटेश्वर गाउँपालिका निवासी प्रमुख मुखियाले आफुलाई एन कानुनको जानकर भएपनि निति, नियम, कानुनकाे धजिया लत्याउँदै आएका छन् ।

चाैथाे सन्तान पनि छाेरी जन्मिएपछि अस्पताल मै छाडेर आमा फरार

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतामा जन्मिएको शीशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएकी छन् । छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आँफूले जन्माएको नवजात शीशु अस्पतालको बेडमै छाडेर महिला बेपत्ता भएकी घटना प्रकाशमा आएको हो ।

अस्पतालको प्रसूती विभागमा शनिबार विहान ६:३० मा जन्मिएको नवजात शीशु छाेरी अस्पतालको बेडमै छाडेर शीशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहिन भएका छन् ।

शनिबार विहान छाेरी जन्माएकी महिला साेही दिन सांझदेखि सम्पर्क विहिन भएकी प्रसूति वार्डकी नर्सिङ इन्चार्ज हेमा थापाले वताइन । उनले छाेडेर गएकी शीशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको जानकारी दिइन ।

इन्चार्ज थापाका अनुसार आफ्नाे सासुसंग अस्पताल आएकी ३० बर्षिय सिता देवी साह कानुले वीरगंज महानगरपालिकाकाे वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी छन् । ती महिलाले भर्ना हुने बेलामा अस्पतालमा पतिको नाम धिरज साह कानु लेखाएकाे अस्पतालको रेकर्डमा उल्लेख छ । अस्पतालकाे रेकर्डका अनुसार ति महिलाकाे ठेगाना रानीघाट ६, वीरगंज रहेकाे छ ।  

प्रसूती गराउन अस्पतालमा पुगेेकी महिलाकाे पति भने आएका थिएनन् । शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन् । यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए । अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासंग कच्कच समेत भएकाे सुनिएकाे इन्चार्ज थापाले वताइन ।

शनिबार बेलुकीको समयमा ती महिला र उनीसंग आएका आफन्तहरु शीशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

प्रवक्ता थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ । किनी रानीघिाट भन्ने टोल वीरगंज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन । अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्याक्ति नै फेला नपरेको थपाले बताए ।

अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनिहरुको खोजी कार्य प्रहरीले गरिरहेको थापाले जानकारी दिए ।

मधेशका यू-१६ कप्तान चन्दनलाई विद्यालयले गर्याे अभिनन्दन

0

वीरगंज । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि २० कप क्रिकेटमा मधेश प्रदेशलाई उपाधि दिलाउन अहम योगदान दिएको टिमका कप्तान चन्दन रामलाई उनको विद्यालयले सम्मान गरेको छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मा रहेको चन्दन अध्ययनरत (कक्षा १०) विद्यालय साउथ जोन माविले विद्यालयमा आयोजित कार्यक्रमका बीच प्रशंसा पत्र र नगदसहित सम्मान गरेको हो । विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले चन्दनलाई प्रशंसा पत्र र नगदसहित गम्छा ओढाएर सम्मान गरे ।

सम्मान गर्दै प्रअ चौधरीले आफ्नो खेल प्रतिभाले साउथ जोन, पर्सा जिल्ला र मधेश प्रदेश कै नाम राख्न सफल भएकोमा बधाई दिदैं चन्दन खेल क्षेत्रमा उज्जवल भविष्यको कामना गरे । उनले भने, “चन्दनले हामी सम्पूर्णलाई गौरवान्वित बनाएको छ, साथै उनी विद्यालयका अन्य विद्यार्थीका लागि पनि प्रेरणाका स्रोत भएका छन्, यो निकै खुशीको कुरा हो ।”

यस्तै, चन्दन आबद्ध रहेको वीरगंजस्थित ज्ञानदा एकेडेमी मातहतको नेशनल स्पोर्ट एकेडेमीले उनले गरेको अब्बल खेल प्रदर्शनले मधेश प्रदेशले जीत हासिल गरेको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाएको छ । ज्ञानदा एकेडेमीका सिईओ राजेन्द्र कोइराला र एनएसएका प्रशिक्षक जहुर अन्सारीले चन्दनको अब्बल खेल प्रदर्शनका बधाई दिए । सो अवसरमा चन्दनका साउथ जोनका सहपाठीहरुले पनि उनलाई बधाई दिए र केट काटेर खुशीयाली साटासाट गरे ।

यसअघि, चन्दनलाई पर्साको धोविनीस्थित ब्लु हेभन एकेडेमीले पनि उनलाई सम्मान गरेको थियो । धोविनी गाउँपालिका निवासी चन्दनले गाउँपालिकावासी सहित खेल प्रदर्शनले सम्पूर्ण मधेश प्रदेशवासीलाई नै गौरवान्वित बनाएको भन्दै सम्मान गरेको विद्यालयका प्रधानाध्यापक सुदिल पटेलले बताए । चन्दनलाई विद्यालयले सम्मान पत्र र नगदसहित सम्मान गरेको उनले जनाए ।

भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि २० कप क्रिकेटमा मधेश प्रदेश विजयी भएको थियो । मधेश प्रदेश जीत दिलाउन टिमको कप्तानी सम्हालेका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक/एक विकेट लिएका थिए । फाइनलमा कप्तान चन्दनको उत्कृष्ट क्याचले टिमको जीत सुनिश्चित भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भएका थिए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए ।

यसअभि, चन्दनले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितमा एपीएफबाट नेशनल डेब्यु गरेका थिए । डेब्यु खेलमा एपीएफका लागि चन्दनले सनसनीपूर्ण ५ विकेट लिएर सबैलाई आफ्नो उच्च खेल प्रदर्शनले लोभ्याएका थिए ।

रथ यात्राकाे सहभागिहरुलाई पानी बितरण

0

वीरगंज । वीरगंज युथ कमिटीले श्री जगन्नाथ रथ यात्राकाे सहभागिहरुलाई पानी बितरण गरेकाे छ । इस्काेनकाे आयाेजनामा वीरगंजमा निस्केकाे भव्य रथ यात्राका सहभागिहरुलाई खाने पानी वितरण गरिएकाे कमिटीले जनाएकाे छ ।

संस्थाका अध्यक्ष बिक्की गुप्ता, अभिषेक सर्राफ, अमित गुप्ता, बिनय कुमार साह, भोला सर्राफ, ओशन गुप्ता, राम बिनय यादव, रवि गुप्ता, अनिकेत सर्राफ, उज्जवल गुप्ता, रोशन गुप्ता, सुजल गुप्ता, पियूष सर्राफ लगायतको सक्रियातामा पानी वितरण गरिएकाे हाे ।

साथै रथ यात्रामा समाजका विभिन्न व्यक्तित्वहरूले झाँकी सहित सहभागि भएका थिए । युवाहरूले समाजिक दायित्व अन्तर्गत आफ्नाे पनि भुमिका देखाएकाे कमिटीका अध्यक्ष गुप्ताले वताए ।