Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बैंक तथा बितिय संस्थाका प्रादेशिक प्रतिनिधी संगको अन्तरसम्बाद कार्यक्रम सम्पन

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा  बुधबार वीरगंजमा बैंक तथा बितिय संस्थाका प्रादेशिक प्रतिनिधी संगको अन्तरसम्बाद कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले बर्तमान अवस्थामा रहेका र आईरहेका समस्याहरु सामाधान गर्न साझा बुझाईको आवश्यक्ता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारी आर्यालले बैंकहरुले मानवता र समाजिक दायित्व बुझी अन्तिम निर्णय लिन सुझाव दिए ।

हाम्रो साझा दायित्वको ख्याल गर्दै जाँदा समस्या अन्त हुने पनि उनकाे जिकिर थियो । उनले एक अर्काको सहयोगले साझा सवालको जवाफ दिने भएकोले बिचार पुर्याउन जरुरी रहेको बताए ।

नेपाल राष्ट्र बैंक वीरगंज पर्साको सभाहालमा भएकाे कार्यक्रममा एक प्रस्तुती राख्दै नेपाल राष्ट्र बैंक वीरगंजका नरेश सरार्फले कर्जा प्रवाह, खराब कर्जा, कुल कर्जाको ५ प्रतिशत खराब कर्जाको सुचीमा रहेको बताए ।

बिश्वमा कुनै चिज पारदर्शी छ भने बैंकहरु नै पारदर्शी छ भने सर्राफको दावी छ । सरार्फले कुल बजेटको ५ प्रतिशत रकम ग्रामिण भेग, भुमिहिन, दलितमा लगानी गर्नै पर्ने बाध्यता भएको बताए ।

कर्जा जोखीम ब्यवस्थापन बारे दिनेश केसरी, बैंकर एशोसियनका रोहनी आचार्य, भुमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मद, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, शशस्त्र प्रहरी उपरिक्षक लगायतकाले प्रस्तुती गरेका थिए ।

नेपाल राष्ट्र बैंकका निर्देशक शुशिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ पर्साका अध्यक्ष हरेराम पटेल, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल भ्यालुयर्स एशोसियन पर्साका अध्यक्ष मुन्ना सर्राफ, बिरगंजका सम्मपुर्ण बैंकहरुका प्रमुख तथा प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमा स्वागत मन्तब्य तथा कार्यक्रम बारे उदेश्य चान्दनी गुप्ताले प्रकाश पारेकी थिइन । बिरगंज महानगरपालिकाकाे वडा नम्बर ४ देखी १० सम्मका वडाध्यक्षहरुलाई कार्यक्रममा बाेलाएपनि एक जना पनि सहभागी नभएकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...