Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताको क्याप्टेन मीट्स सम्पन्न

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट तथा राज होजियारी जुनियर फुटबल प्रतियोगिताको क्याप्टेन मीट्स सम्पन्न भएको छ ।  

फागुन ५ गतेबाट सुरु हुने टी–२० नकआउट क्रिकेटतर्फ २७ वटा विद्यालय र जुनियर फुटबल प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाएका छन् । नारायणी क्रिकेट मैदानमा क्रिकेट तथा विपद् व्यवस्थापन गुल्म वीरगंजकाे खेल मैदानमा फुटबल खेलहरू हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । 

प्रतियोगितामा वीरगंज महानगर बाहिरबाट पनि सहभागिता रहनेछ, जसमा ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकाका विद्यालयहरूले सम्भवतः पहिलो पटक सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु, खेल भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु रहेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए । चौधरीकाअनुसा विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भन्दै प्रतियोगिताले उनीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । 

प्रतियोगिताको विजेतालाई प्रमाण पत्र, शिल्ड, मेडल प्रदान गरिनुका साथै, क्रिकेटतर्फ प्रथम हुने टोलीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

फुटबलतर्फ प्रथम हुने टोलीलाई ८ हजार, दोस्रो हुनेलाई ६ हजार, र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । फुटबल प्रतियोगिताको प्रायोजक राज होजियारी रहेको छ । खेल अवधिभर प्रत्येक खेलाडीको २५ हजार रुपैयाँ बराबरको बीमा गरिने व्यवस्था गरिएको छ । 

फागुन ५ गते नारायणी क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गरिनेछ । खेलको उद्घाटन प्याब्सनका केन्द्रिय अध्यक्ष डिके डुंगानाले गर्ने कार्यक्रम रहेको प्याब्सन पर्साका सचिव सङ्ग्रौलाले बताए । 

शुक्रबार भएकाे क्याप्टेन मीट्समा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार डा. हरिशंकर साह, क्रिकेट खेल संयोजक इमामुद्दिन अहमद तथा फुटबल प्रतियोगिताका संयोजक एवं पर्सा कोषाध्यक्ष प्रविन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...