Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जनमत पार्टीकाे निशुल्क आँखा शिविर थप ३ ठाउँमा सम्पन्न

spot_img
spot_img

वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत संचालित निशुल्क आँखा शिविर थप ३ ठाउँमा सम्पन्न भएकाे छ ।

पर्साकाे कालिकामाई गाउँपालिका वडा नम्बर -३, धोबिनी गाउँपालिकाकाे वडा नम्बर -२ र वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२२ मा गरि ३ ठाउँमा शिविर सम्पन्न भएको हाे । यो तीन वटा शिविरहरुमा ३१५ जना लाभान्वित भएका छन् भने १०३ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए ।

मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए । शिविरमा जनमत पार्टीका नेताहरू गौरीशंकर गुप्ता, प्रदीप साह, अनिता रौनियार, नजमा खातुन, अमरनाथ सिंह राठौर, अमिरखा कुर्मी, रामरतन राम, रुक्साना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो ।

हाम्रो अभियानबाट अहिले सम्म २५ सय ७५ भन्दा बढी जना लाभान्वित भएका छन भने ६०४ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले जानकारी गराए । यो अभियान पर्साको गाउँदेखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...