Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा हुने महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिताकाे तयारी पुरा

spot_img
spot_img

वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा वीरगंजमा महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता हुने भएको छ । वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा शुक्रबारदेखि हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा केटीतर्फ २१ विद्यालय र केटातर्फ २० विद्यालयले सहभागिता जनाउने जानकारी दिए ।

नेपाल विद्यालय खेलकुद महासंघसँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् ।

प्रतियोगिता संयोजक तथा वीरगंज महानगर समितिका सचिव अमित आलोकका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् ।प्रतियोगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गर्ने छन् ।

प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, प्याब्सन वीरगंजका पूर्व अध्यक्ष आलोक चौरसिया, पूर्व सचिव सन्नी पाख्रिन, प्याब्सन कालिकामाई गाउँपालिकाका अध्यक्ष जयप्रकाश चाैरसिया, विजय वाल लगायतकाे उपस्थितिमा रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...