Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वाईसिएलले वीरगंजमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनायो

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्साले ३० ओैं जनयुद्ध दिवस मनाएको छ । वाईसियलले बिहीबार सांझ वीरगंजकाे घण्टाघर चौकमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा सहभागी जनयुद्धको क्रममा सहदत भएका सहिदहरु प्रती श्रद्धासुमन ब्यक्त गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्धको भावना अनुसार पार्टी एकताबद्ध भएर काम गर्नु पर्ने वताए । वक्ताहरुले माओवादी केन्द्रप्रति आकर्षण बढी रहेको भन्दै पार्टीपंक्तिलाई एकताबद्ध गर्न आवश्यक रहेको धारण राखेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता बलिराम साहले आवज विहीनहरूको आवाज, सम्पूर्ण उत्पीडित जाती, क्षेत्र, लिंगको मुक्तिकामी आन्दोलन जनयुद्ध भएको वताए । उनले जनयुद्ध कै बलमा देशमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता कायम गर्न सफल भएको दाबी गरे ।

माओवादी केन्द्र पर्साका पुर्व जिल्ला अध्यक्ष समेत रहेका नेता साहले नेपालको सबैभन्दा ठुलो राजनैतिक तथा बलिदानीपुर्ण संघर्षको रूपमा स्थापित नेपाली जनताको “महान जनयुद्ध” मर्म अनुसार पार्टी भित्रका सम्पुर्ण नेता कार्यकर्ता एकताबद्ध हुन जरुरी रहेको वताए ।

वाईसीएलका केन्द्रिय सदस्य सन्तोष पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शेखचान्द तारा, टेक बहादुर शाक्य, रामबाबु बैठा, रहबर अन्सारी, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, सरिफ गद्दी, शिव कुमार साह, पिन्टु रौनियार लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...