Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जनयुद्ध दिवसको अवसरमा सखुवा प्रसौनीमा पनि दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । ३० औं जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-२, औराहा पचगावामा पनि दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलिको प्रमुख आतिथ्यतामा तथा मधेस मुक्ति मोर्चा पर्साका संयोजक बिदयासागर यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सहकारी केन्द्र नेपाल पर्साका संयोजक प्रदीप चौधरी, स्थानीय नेता हारिलाल राम, प्रमानन्द राम, कपिलदेव चौधरी, मुकेश चौरसिया, रामबहादुर पण्डित लगायत सयौं नेता-कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले महान जनयुद्धको योगदान, त्यसले स्थापित गरेका मूल्य-मान्यताहरू तथा वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा आफ्ना धारणा राखेका थिए। साथै, जनयुद्धका सपना पूरा गर्न जनताको संगठित भूमिकाको आवश्यकतामाथि जोड दिइएको थियो।

यस अवसरमा दिवंगत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित नेता तथा कार्यकर्ताहरूले जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...