Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुर टाेलमा चाेरीकाे घटनामा वृद्धि, विद्यालयकाे माेटर समेत चाेरी

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ जगरनाथपुर सिरामा चाेरीकाे घटनामा वृद्धि भएकाे छ । जगरनाथपुर टाेलकाे विद्यालय र पसलहरुमा चाेरीकाे घटनामा वृद्धि भएकाे स्थानियहरुले वताए छन् । 

 बुधबार राति मात्र जगरनाथपुर टाेल मै रहेकाे श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयकाे माेटर चाेरी भएकाे विद्यालयका प्रधानाध्यापक चन्द्रेश्वर प्रसाद यादवले जानकारी दिए । गत माघ २१ गते सरस्वती पुजाकाे दिन विद्यालयकाे चापा कलमा जडान गरिएकाे माेटर अज्ञात व्यक्तिले चाेरेर लगेकाे उनले वताए ।

यसैगरी केही दिन पहिला मात्र साेही स्कुलका एक शिक्षककाे किराना पसलमा समेत चाेरी भएकाे थियाे । विद्यालय भन्दा १०० मिटर मात्र टाढा रहेकाे शिक्षक सुरेन्द्र कुमार चाैहानकाे किराना पसलमा रु ६५ हजार बराबरकाे सामान र नगद चाेरी भएकाे थियाे । 

साे चाेरीकाे घटना संलग्न ३ जना पक्राउ समेत परेका थिए । पछि पिडितकाे सहमतीमा आराेपितहरुबाट क्षतिपुर्ति वापतकाे रकम तिराई मिलापत्र भएकाे थियाे ।

त्यस अघि जगरनाथपुर गाउँपालिकाकाे कार्यालयमा समेत चाेरी भएकाे थियाे । चाेरीकाे घटनाहरुमा केही अपराधि पृष्ठी भुमिका स्थानियहरु कै सलंग्नता रहेकाे वताइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...