Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर टाेलमा चाेरीकाे घटनामा वृद्धि, विद्यालयकाे माेटर समेत चाेरी

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ जगरनाथपुर सिरामा चाेरीकाे घटनामा वृद्धि भएकाे छ । जगरनाथपुर टाेलकाे विद्यालय र पसलहरुमा चाेरीकाे घटनामा वृद्धि भएकाे स्थानियहरुले वताए छन् । 

 बुधबार राति मात्र जगरनाथपुर टाेल मै रहेकाे श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयकाे माेटर चाेरी भएकाे विद्यालयका प्रधानाध्यापक चन्द्रेश्वर प्रसाद यादवले जानकारी दिए । गत माघ २१ गते सरस्वती पुजाकाे दिन विद्यालयकाे चापा कलमा जडान गरिएकाे माेटर अज्ञात व्यक्तिले चाेरेर लगेकाे उनले वताए ।

यसैगरी केही दिन पहिला मात्र साेही स्कुलका एक शिक्षककाे किराना पसलमा समेत चाेरी भएकाे थियाे । विद्यालय भन्दा १०० मिटर मात्र टाढा रहेकाे शिक्षक सुरेन्द्र कुमार चाैहानकाे किराना पसलमा रु ६५ हजार बराबरकाे सामान र नगद चाेरी भएकाे थियाे । 

साे चाेरीकाे घटना संलग्न ३ जना पक्राउ समेत परेका थिए । पछि पिडितकाे सहमतीमा आराेपितहरुबाट क्षतिपुर्ति वापतकाे रकम तिराई मिलापत्र भएकाे थियाे ।

त्यस अघि जगरनाथपुर गाउँपालिकाकाे कार्यालयमा समेत चाेरी भएकाे थियाे । चाेरीकाे घटनाहरुमा केही अपराधि पृष्ठी भुमिका स्थानियहरु कै सलंग्नता रहेकाे वताइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...