Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

काेल्हवी प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ, ५ ओटा मोटरसाइकल बरामद

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय काेल्हवी बाराले मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट चोरी गरिएको ५ ओटा मोटरसाइकल समेत बरामद गरेको छ ।

विभिन्न मिति, समय र स्थानहरूबाट हराएका वा चोरी भएका मोटरसाइकलहरू फेला पार्न इलाका प्रहरी कार्यालय कोल्हवीमा निवेदन तथा जाहेरी दरखास्त प्राप्त भएपछि, प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटिएको टोलीले खोजतलासका क्रममा चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुमा बारा जिल्लाको कोल्हबी नगरपालिका–१ बस्ने २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् । पक्राउ परेकाहरूमाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएका मोटरसाइकलहरू यस प्रकार छन्:
१. प्र.२-०३-००६ प ६५१५ – Honda Shine, १२५ सिसी
२. ना.४८ प ६९७० – TVS RTR 200, कालो रङ
३. बा.९४ प २१४६ – Bajaj Pulsar 220, निलो रङ
४. ना.६५ प ८८६० – TVS Striker, रातो-कालो रङ
५. प्र.२-०३-००५ प ६२२६ – TVS Striker, निलो रङ

प्रहरीका अनुसार मोटरसाइकल चोरीको घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरुको खोजी पनि जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय बाराले नागरिकहरुलाई आफ्ना सवारी साधनमा आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह समेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...