Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

एसपीलाई ‘लुटेरा’ भनेपछि जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत ‘लुटेरा’ भनेको आरोपमा यादवमाथि ‘आपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

गृह मन्त्रालयको निर्देशनअनुसार अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । घटनाको सुरुआत यादवले सर्लाहीका एक व्यापारीलाई प्रहरीले दु:ख दिएको भन्दै एसपी खड्कासँग टेलिफोन संवाद गरेका थिए । उक्त अडियो सार्वजनिक भएपछि घटनाले थप राजनीतिक र कानुनी विवाद सिर्जना गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले यस विषयमा मधेस प्रदेश प्रहरी कार्यालयलाई आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै, मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीले घटनाबारे गम्भीर अध्ययन भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

यता अध्यक्ष यादवले भने आफूले सत्यतथ्य बोलेको र घटनामा आफ्नो असहमति रहेको जनाउँदै आवश्यक पर्दा प्रमाणसहित जवाफ दिन तयार रहेको बताएका छन् ।

यो घटनाले राजनीतिक दलका नेताहरू र सुरक्षाप्रशासनबीचको सम्बन्धमाथि पुनः बहस सुरु गराएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...