Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंज मुख्य सडक विस्तार कुनै विकल्प होइन, आवश्यकता हो : सांसद विना जयसवाल

spot_img
spot_img

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अब विलम्ब गर्ने विषय नभई तत्काल कार्यान्वयन गर्नुपर्ने अपरिहार्य आवश्यकता भएको प्रतिनिधि सभा सदस्य विना जयसवालले स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार, वीरगंज नेपालको एक प्रमुख व्यापारिक केन्द्र हो, जहाँको आर्थिक गतिविधि केवल स्थानीय क्षेत्रसँग मात्र नभई राष्ट्रकै समग्र विकाससँग गहिरो सम्बन्धित छ । यस्तो संवेदनशील सहरको मुख्य सडक संकुचित, अव्यवस्थित र अत्यधिक चापयुक्त हुनुले दीर्घकालीन रूपमा विकासको गतिमा बाधा पुर्‍याइरहेको छ ।

“यो सडक विस्तार कुनै वैकल्पिक कुरा होइन, यो आवश्यकता हो, जुन जुनसुकै मूल्यमा भए पनि सम्पन्न हुनैपर्छ,” सांसद जयसवालले भनाई छ ।

उहाँले सबै नागरिकलाई आग्रह गर्दै भन्नुभयो, “आजको सानो असहजता भोलिको ठूलो सहजता बन्न सक्छ । मुख्य सडकको विस्तारले यातायात व्यवस्थापन सहज बनाउनेछ, व्यापारिक गतिविधिमा तीव्रता ल्याउनेछ, रोजगारी सिर्जना गर्नेछ र सम्पूर्ण सहरको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ ।”

जयसवालले प्रस्ट पार्नुभयो कि विकासको कुनै पनि कार्यले अस्थायी असुविधा त ल्याउँछ नै, तर स्थायी समाधान र समृद्ध भविष्य त्यसको प्रतिफल हुन्छ ।

“हामी सत्यसँग आँखा चिम्लेर बस्न सक्दैनौं,” उहाँले जोड दिँदै भन्नुभयो, “यदि सडक विस्तारका लागि केही त्याग गर्नुपर्छ भने त्यो त्याग जनताको दीर्घकालीन हितका लागि हुनेछ।”

उहाँले व्यक्तिगत स्वार्थ वा अल्पकालीन असुविधा देखाएर विरोध गर्ने सोचप्रणालीलाई देशको समृद्धिको बाटोमा रोकिने अवरोध मात्र भएको भन्दै त्यसलाई स्पष्ट रूपमा चुनौती दिनुपर्ने धारणा राख्नुभयो।

जयसवालको भनाइमा अन्ततः यस कार्यका लागि अब दोधारमा बस्ने बेला होइन, “निर्णय गर्ने, अघि बढ्ने र विकासको पथमा सहकार्य गर्ने समय” भएको उल्लेख छ ।

“बिरगंजको मुख्य सडक विस्तार राष्ट्रकै मेरुदण्ड मजबुत बनाउने खम्बा हुनेछ,” सांसद जयसवालले आफ्नाे आधिकारिक फेसबुकमा लेख्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...