Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

खानेपानी मन्त्रालयद्वारा वीरगंज महानगरलाई गाडी सहयोग, मेयर सिंहद्वारा पूजापाठ

spot_img
spot_img

वीरगंज । संघीय सरकारको खानेपानी मन्त्रालयले वीरगंज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान पिकअप गाडी प्रदान गरेको छ । जापनिज कम्पनी टोयोटाका दुई पिकअप गाडी मन्त्री प्रदीप यादवको पहलमा महानगरलाई हस्तान्तरण गरिएको हो ।

केही दिनअघि काठमाडौंस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई ती गाडीका कागजात हस्तान्तरण गरेका थिए । त्यसपछि दुवै गाडी वीरगंज ल्याइएको हो ।

शुक्रबार वीरगंज महानगर कार्यालयको प्रांगणमा मेयर सिंहले हिन्दू परम्परा अनुसार विधिपूर्वक पूजापाठ गरी ती गाडीहरू सेवा प्रयोजनमा प्रयोगमा ल्याउने घोषणा गरेका छन् ।

उनका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार गाडीहरू अब महानगरको दैनिक प्रशासनिक तथा विकास गतिविधिमा प्रयोग गरिनेछ । यस सहयोगबाट वीरगंज महानगरपालिकाको सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...