Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 296

गढीमाई मेलामा आउन सांसद श्रेष्ठले दिए सरकारलाई चुले निम्तो

कलैया । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एवं पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराको गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधी सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मन्दिरमा चढ्ने बली प्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न समेत सरकारलाई अनुरोध गरेका हुन् ।

चुरेको काखदेखि भारतको सीमासम्म अथाह पर्यटकीय सम्भावना बोकेको बारा जिल्लाको पर्यटन विकासमा ध्यान दिन सरकारलाई अनुरोध गर्दै सांसद श्रेष्ठले बाराको गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको दीर्घकालीन विकासमार्फत भारतीय पर्यटक लक्षित कार्यक्रम बनाउन समेत आग्रह गरे ।

नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले बाराका महत्वपूर्ण विषयहरु संसदमा उठाउने गरेको र सोमबार गढीमाई मेला र बारा जिल्लाको पर्यटनलाई उठान गरिदिएको भन्दै बाराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

बाराका पर्यटन अभियन्ता एवं नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट एशोसिएसन नाट्टाका मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले बारा जिल्लाको महत्वपूर्ण विषय संसदमा प्रवेश गराएको भन्दै सांसद श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

भ्यालुयर्स एशोसिएसन वीरगंज च्याप्टरको दोस्रो साधारण सभा सम्पन्न

वीरगंज । नेपाल भ्यालुयर्स एशोसिएसन वीरगंज च्याप्टरको दोस्रो साधारण सभा साेमबार सम्पन्न भएको छ । वीरगंजस्थित होटल वृन्दावनमा भएकाे साधारण सभाले राजेश कुमार चाैरसियाकाे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकाे छ ।

नवगठित समितिकाे बरिष्ठ उपाध्यक्षमा विनाेद श्रेष्ठ, उपाध्यक्षमा आत्मा राम, सचिवमा गाैरव कुमार सर्राफ, सह सचिवमा बिरेन्द्र माली, काेषाध्यक्षमा जितेन्द्र गुप्ता, सदस्यमा रामनरेश यादव, प्रदिप कुमार चाैरसिया, राजेश यादव, लक्ष्मण ढकाल, कृष्ण कुमार राय, चन्द्रशेखर पंडित चयन भएका छन् । 

एशोसिएन वीरगंज च्यापटरका कार्यवाहक अध्यक्ष ई.बद्रि प्रसाद झाको अध्यक्षतामा भएकाे साधारण सभाकाे उद्घाटन नेपाल भ्यालुयर्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ई.ऋषी कोइरालाले गरेका थिए ।

भेलालाई सम्बाेधन गर्दै अध्यक्ष काेइरालाले नेपालमा धित्तो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित, मुल्यांकन पेशालाई चुस्त, गुणस्तरीय, व्यवसायिक, मर्यादित, स्वतन्त्र, निष्पक्ष बनाउन आवश्यक रहेको बताए ।

उनले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि नेपाल भ्यालुयर्स एशोसिएसनका कार्यविधी तथा कार्यक्षेत्रमा कानुनी नियमावलीमा रही कार्य गर्न नियमावली बनाउन आवश्यक रहेको वताए ।

नेपाल भयालुयर्स एशोसिएसन नेपालमा धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बानाउनको लागि र एशोसिएनका सदस्यहरुलाई थप प्रभावकारी बनाउनको लागि २०६८ सालमा छाता संगठन भएको थियो ।

यस्तै केन्द्रमा स्थापना भएपछि वीरगंजमा पनि २०७७ सालमा इन्जिनियर मुन्ना कुमार सार्फको अध्यक्षतामा स्थापना गरिएको थियो । यस्तै मधेश प्रदेशको जनकपुरमा पनि २०८१ सालमा एशाेसियसन स्थापना गरिएको थियो ।

जितेन्द्र सोनललाई पार्टीले सोध्यो स्पष्टिकरण

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई पार्टीले स्पष्टीकरण सोधेको छ । बाराको क्षेत्र ४ (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएका सोनलमाथी आफुखुशी आफैलाई संसदीय दलको नेता घोषणा गरेको पार्टीले आरोप लगाएको छ ।

पार्टीको निर्देशन र मनसाय बिना मा. जयनुल राईनको अध्यक्षतामा बैठक बोलाई आफुलाई संसदीय दलको नेता घोषणा गरेको तथा सभामुख समक्ष पेश गरेकोमा यो पार्टीलाई कदापी मान्य नहुने स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।

लोसपा अध्यक्ष महन्त ठाकुरद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा ३ दिन भित्र चित बुझ्दो जवाफ माग गरिएको छ । चित बुझ्दो जवाफ नआएको खण्डमा पार्टीबाट निसकान गरिने सोनललाई चेतावनी दिइएको छ ।

लोसपा अध्यक्ष ठाकुरले आइतवार नै एक पत्र मार्फत सभामुख मधेश प्रदेश एवं सभा सचिवालय मधेश प्रदेश जनकपुरधामलाई सम्बोधन गर्दै प्रदेश संसदीय दलको नेताको हकमा पार्टीले अर्को कुनै अधिकारीक निर्णय नगरेको जनाउँदै हालका लागि लोसपा मधेश प्रदेश संसदीय दलको नेताको रुपमा अभिराम शर्मालाई नै निरन्तरता दिन अनुरोध गरेका छन् ।

सोनलले गल्ती गरेको भन्दै पार्टीलाई चित बुझ्दो जवाफ दिनु पर्ने लोसपाका एक नेताले बताए । नत्र यो हर्कतसँगै लोसपामा उनको साढेसाती शुरु हुने अध्यक्ष ठाकुर नजिक रहेका ती नेताको भनाई थियो ।

असईद्वय साह र सिलवालकाे मिलाेमताेमा खुल्याम पाडाकाे तस्करी

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका भएर प्रहरीकाे मिलाेमताेमा पाडाकाे तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित बर्गाेमाई मन्दिर नजिक रहेकाे पाडा बजार भएर प्रहरीकाे मिलाेमताेमा तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् ।

प्रहरी चाैकी पाण्डेपुरका प्रहरी सहायक निरिक्षक (असई) प्रमाेद प्रसाद साह र जानकीटाेला प्रहरी चाैकीका असई भरत सिलवालकाे मिलाेमताेमा नेपाल भारत सिमामा रहेकाे इनरवा हुँदै वडा नं. २ को दसौंता, जानकीटोला र लक्ष्मीपुर भएर पाडाकाे तस्करी भइरहेकाे स्थानिय वताउँछन् । साथै जगरनाथपुरको पाण्डेपुर, गढैया र बिजबनियाको बाटो हुँदै समेत पाडाको तस्करी अत्याधिक मात्रामा भइरहेको बताइन्छ ।

स्थानियका अनुसार जगरनाथपुर गाउँपालिकामा रहेकाे पाडा बजारमा प्रत्येक आइतबार र बिहीबार लाग्ने गर्छ । भारतकाे विभिन्न ठाउँबाट तस्करीकाे माध्यमले जगरनाथपुर स्थित पाडा बजारमा ल्याइएकाे पाडाहरुकाे बिल काटेर संगठित रुपमा तस्करी हुने गरेकाे छ ।  

पाडा बजारका संचालक मन्सफ मियाँ र जफिर मियाँकाे समेत सलंग्नतामा संगाठनिक रुपमा पाडा तस्करी भइरहेता पनि सम्बन्धित निकाय माैन रहेकाे छ । साे कार्य गराए वापत पाण्डेपुर प्रहरी चौकीका असई साह मासिक रुपमा महिनवारी बुझ्ने गरेकाे समाचार स्राेतले जनाएकाे छ ।

रातीकाे समयमा हुने पाडा तस्करीकका कारण धान खेतीमा समेत क्षति पुग्ने गरेका स्थानिय कृषकहरु वताउँछन् । अहिले धान खेतीको समय रहेकाेले पाडा तस्करहरुको कारणले गर्दा स्थानीय कृषकहरूको धान बाली समेत दिन्हु नष्ट भइरहेको स्थानीय कृषकहरुको गुनासो रहेको छ ।

रात्रीको समयमा पाण्डेपुर प्रहरी चौकी र जानकीटोला प्रहरी चौकीको मिलोमतोमा पाडाको तस्करी भइरहेको हुनाले तस्करहरुलाई समात्न हामीहरूलाई गाह्राे भएको गुनासो कृषकहरूले गुनासो समेत गरेका छन् ।

कालिकामाईकाे १० औं गाउँ सभा सम्पन्न, बहुमतले बजेट पारित

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे १० औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे गाउँ सभाकाे बहुमत सदस्यले रु ३४ कराेड ८३ लाख १७ हजार ७ सय ४० बराबरकाे बजेट पारित गरेका छन् ।

गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर विर्तामा आइतबार भएकाे गाउँ सभामा सुरुमा बहुमत सदस्यले हस्ताक्षर गरेकाे म्यानुट वडा नं. २ का वडाध्यक्ष साेनालाल चाैरसियाले च्यातेका थिए । त्यसपछि पनि लेखिएकाे अर्काे म्यानुट गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनीले च्यातेकी थिइन ।

त्यसपछि पनि गाउँपालिका अध्यक्ष गुप्ताले गाउँ सभाकाे बैठक जारी राखेपछि गाउँ सभाकाे विराेधमा रहेका उपाध्यक्ष सहितका केही गाउँ सभा सदस्यहरुले सभाहलबाट बाहिर निस्केका थिए । त्यसपछि बाकी रहेकाे गाउँ सभाकाे बहुमत सदस्यले आर्थिक बर्ष २०८१/०८२ काे बजेट पारित गरेकाे गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिए ।

उनका अनुसार पारित बजेटमा चालुगत तर्फ रु ६ कराेड ४० लाख र पुंजिगत तथा सशर्त तर्फ रु २८ कराेड ४३ लाख रहेकाे छ । चालुगत तर्फकाे बजेटमा वडा स्तरिय याेजनाकाे लागि रु ८० लाख, उपाध्यक्ष स्तरिय याेजनाकाे लागि रु एक कराेड ४० लाख र गाउँपालिका स्तरिय याेजनाकाे लागि रु २ कराेड १० लाख छुट्याइएकाे छ ।

इन्जिनियरर्स एशाेसिएसन मधेश प्रधेशकाे सभापतिमा गाैरी पंडित विजयी

वीरगंज । नेपाल इन्जिनियरर्स एशाेसिएसन मधेश प्रधेशकाे सभापतिमा गाैरी पंडित विजयी भएका छन् । स्वतन्त्र प्यानल बनाएर चुनाव लडेका पंडित नेपाली कांग्रेस निकट सिडिइएनका उम्मेदवार अजित कुमार यादवलाई ४ मतले हराउँदै विजयी भएका हुन् ।

शनिबार सांझ सम्पन्न मतगणना नतिजा अनुसार पंडितले ३५९ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी सिडिएनका यादवले ३५५ मत पाएका थिए । सभापतिका लागि अरु प्रतिस्पर्धी सिके समुहबाट दिपेन्द्र कुमार साह, नियाेनसिएनबाट रामनारायण यादव र सिएनबाट राजेश यादव उम्मेदवार थिए ।

जनमत पार्टी र नेकपा एमाले निकटका संगठनहरु गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका संगठनहरु पनि गठबन्ध गरेका थिए । कांग्रेस र जसपा निकटका संगठनहरु एकलै चुनाव लडेका थिए । यी सबै दल निकटका संगठन र गठबन्धका उम्मेदवारहरुलाई हराउँदै स्वतन्त्र उम्मेदवार पंडित विजयी भएका हुन् ।

एशाेसिएसनकाे मधेश प्रदेश उपसभापतिमा सिडिइएनबाट भवेश मिश्रा, सचिवमा स्वतन्त्र प्यानलका अजित कुमार मण्डल, सह सचिवमा सिडिइएन कै सफल कुमार साह र काेषाध्यक्षमा सिडिइएन कै उदिल कुमार यादव वजयी भएका छन् । 

यसैगरी एशाेसिएसनका सदस्यमा सिडिइएनका मनिषा कुमारी कर्ण, रुपेश कुमार यादव, दिपेश कुमार यादव, राजन झा, दिकेश कुमार यादव, प्रेम चन्द्र यादव, रामशरण कुमार यादव, स्वतन्त्र प्यानलका अर्चना यादव, मनाेज कुमार साह, अरबिन्द कुमार महताे, सिके ग्रुपका बलिराम साह, शक्ति कुमार साह, संजय कुमार साह र एनइओएनका नवराज यादव, अजय कुमार यादव वजयी भएका छन् । 

यसैगरी प्रदेशकाे केन्द्रिय सदस्यमा स्वतन्त्र प्यानलका तेजनारायण यादव विजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ । 

पर्सागढीमा मुक्त हारवाचरवा र दलित जनप्रतिनिधि बिच अन्तरक्रिया

पर्सा । मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र पर्सागढि नगरपालिकाका दलित जनप्रतिनिधिहरु बिच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमममा सहभागि दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुकाे न्यायिक मांगलाई सम्बाेधन गराउन नगरपालिकासंग पहल गरिदिन अनुराेध गरेका थिए । पुस्ताैदेखि दास्ता प्रथाकाे अवशेषकाे रुपमा रहेकाे हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाकाे काम अगाडी नबढेकाे हुनाले पुनरस्थापनामा स्थानिय सरकारकाे अत्याधिक भुमिका रहेकाेले नगरपालिकालाई उक्त भुमिका खेलिदिनकाे लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिई दिनकाे लागि आग्रह गरेका थिए ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा संचालित मुक्त हरवाचरवाकाे स्वभिमान तथा मानव अधिकारकाे प्रर्वधन गर्दै उनीहरुकाे आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (पहल) कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

मंचका नगर समितिका अध्यक्ष जादोलाल रामकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा पर्सागढि नगरपालिकाका दलित महिला सदस्यहरु ममता देबि, पार्बती देबि, मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, दलित अगुवा रामस्वरुप राम, मंचका जिल्ला सदस्य धनराज राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पर्सागढि स्थित रबिदास हलमा भएकाे कार्यक्रमकाे सहजिकरण मंचका महिन्द्र रामले गरेका थिए ।

वीरगंजमा “ओजन फर लाइभ” बिषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न

वीरगंज । राष्ट्रीय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्टकाे आयाेजनामा शनिबार “ओजन फर लाइभ” बिषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएकाे छ ।

वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न प्रतियोगितामा गौतम माध्यामिक बिद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितिय र माइस्थान बिद्यापीठकी रुपा गिरी तृतिय भएका हुन् । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको लिभिङ विथ इन्भायाेरन्मेन्टका केन्द्रिय अध्यक्ष अकाश चाैहानले जानकारी दिए ।

संस्थाका फिरोज अन्सारीको अध्यक्षतामा भएको प्रतियोगितामा वीरगंजका बिभिन्न एघार बिद्यालयका बिद्यार्थीले भाग लिएका थिए ।प्रतियोगिहरु आफनो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम, मानव जीवनमा त्यसको महत्व, ओजनको संरक्षणकालागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफना भनाई राखेका थिए ।

कार्यक्रममा डा. सुष्मा तिवारीले बिद्यार्थीले ओजन तहका बारेमा ब्यक्त गरेका बिचारहरु निकै महत्वपूर्ण रहेको बताइन । उनले प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद समेत दिइन । उनले भनिन “बिगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरु यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं उनले भनीन अहिले भाईबहीनीहरुमा ढुक्कसंग बिचारको प्रस्तुती गर्ने कला देखेर म निकै खुशी छु ।”

कार्यक्रममा जनमतका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदसइ के.सी.लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागिताको लागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी,योगिशा श्रेष्ठ,मुस्कान बरनवाल,सोनी साह कलवार,आकाश साह लगायतले भाग लिएका थिए ।

डेसिमल कलेज मै बिबिए किन पढने ? जान्नु हाेस १० कारणहरु

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीस्थित रहेकाे डेसिमल पब्लिक कलेजमा बिबिएकाे भर्ना खुलेकाे छ । 
देशको दोस्रो ठूलो सरकारी विश्वविद्यालय सुदुरपस्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा बिबिए प्रथम बर्षमा भर्ना खुलेकाे कलेजले जनाएकाे छ ।
 
कलेजका संचालक शनि दुबेका अनुसार बिबिए अध्ययन गर्न छात्रवृत्तिकाे लागि फारम भर्ने अन्तिम २०८१ असाेज ४ शुक्रबार सम्म रहेकाे छ  छात्रवृत्ति सहितकाे प्रबेश परिक्षा मिति २०८१ असाेज ०७ गते विहान ११ बजेदेखि हुने छ ।  भर्ना भएका विद्यार्थीहरुकाे अभिमुखिकरण र स्वागत कार्तिक ९ र १० गते चितवनकाे सराैहामा गर्ने कलेजकाे याेजना रहेकाे छ । कक्षा संचालन कार्तिक २७ गतेदेखि हुने छ ।
 
विद्यार्थीहरुले डेसिमल कलेज नै राेजनु पर्ने तपसिलका कारणहरु रहेकाे कलेजले जनाएकाे छ ।
तपसिल
१. डेसिमलको बिबिए डिग्री विश्वभरि मान्यता प्राप्त भएको ।
२‍. सुदुर पश्चिम विश्वविद्यालय नेपाल सरकारको पूर्ण स्वामित्व भएको विश्वविद्यालय भएकोले Decimal BBA Degree लाई पुन Equivalent अरु विश्वविद्यालय झै गराउनु नपर्ने ।
३. सुदुर पश्चिम विश्वविद्यालयबाट BBA Pass Out विद्यार्थीहरु देश र विदेशको हरेको कोना कप्चामा कार्यरत रहेकोले Decimal BBA Degree प्राप्त करताहरलाई अरु विश्वविद्यालयको तुलनामा सजिलै संग रोजगारी प्राप्त गर्ने अवसर प्रदान हुने ।
४. सुदुरपस्चिम विश्वविद्यालय एक आफैं ख्याति प्राप्त र विश्वमा चिनिने विश्वविद्यालय भएकोले Decimal BBA Degree परिचय तथा व्याख्या गर्नु पर्ने अवस्था देखिँदैन ।
५. सुदुरपस्चिम विश्वविद्यालय अरु विश्वविद्यालय झै अस्तिर छैन यसको आफ्नै घर जग्गा र स्थायित्व बलियो रहेकोले र संघीय सरकारबाट ठूलो अनुदान प्राप्त भएकोले Decimal BBA पनि स्थिर देखिएको छ ।
६. सुदुरपस्चिम विश्वविद्यालय संघीय सरकारको मातहतमा नियंत्रण तथा सुपरिवेक्षणको रहेकोले Decimal BBA को मान्यता हरेक क्षेत्रमा प्राथमिकतामा रहेको छ ।
७. Computer Application र AI सहित मा जोड दिने पहिलो विश्वविद्यालय सुदुर पश्चिम रहेकोले Decimal को BBA Degree Updated Market Strategy मा आधारित रहेको छ ।
८. सुदुरपश्चिमको ठूलो विशेषता प्रत्येक कक्षा सेक्सनमा ३३ जना मात्र कोटा तोकेकोले पठन पाठन अरु भन्दा शान्त र प्रभावकारी देखिएकोले पनि विद्यार्थीहरूको रोजाईमा Decimal BBA परेको छ ।
९. सुदुरपश्चिम विश्वविद्यालयमा अरु विश्वविद्यालयको तुलनामा धेरै रहेकोले र देश भरीमा १६ भन्दा बढी ठूलो आंगिक क्यम्पस रहेकोले Decimal BBA Degree अझ विद्यार्थीहरूको रोजाईमा परेको छ ।
१०. साथै Decimal BBA को आफ्नै आधुनिक भवन, Fully AC Classrooms ,Digital Mode मा सजिएका कक्षा कोठाहरु, E- Library, Seminar Hall, Job Placement Cell, Computer Lab,
 
वीरगन्ज कै उत्कृष्ट Faculties जस्ता आकर्षणका पक्षहरु वीरगन्जमा अरु कलेजको तुलनामा फरक रहेको कलेजले जनाएकाे छ ।
कलेजका अनुसार डेसिमल बिबिएमा भर्ना हुँदा विश्वविद्यालय अनुसार ६६ कोटा मध्य छात्रवृत्ति सहितको प्रवेश परीक्षामा उत्तीर्ण हुनेहरु मध्य ६ जनालाई पूर्ण छात्रवृत्ती प्रदान गरिनेछ ।
 
बिबिएमा कलेजबाट प्राप्त हुने आंतरिक आन्तरिक छात्रवृत्ति
जति धेरै GPA त्यति धेरै Scholarship प्रदान हुने
१. 8-2.49 GPA +2 मा प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षको लागि ४,००,०००/- मा 5% Scholarship(रु.२०,०००/-) प्रदान गरिनेछ ।
२. 5-2.99 GPA +2 मा प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षको लागि ४,००,०००/- मा 10% Scholarship(रु.४०,०००/-) प्रदान गरिनेछ ।
३. 3.49 GPA +2 मा प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षको लागि ४,००,०००/- मा 15% Scholarship(रु.६०,०००/-) प्रदान गरिनेछ ।
४. 5-4 GPA +2 मा प्राप्त गर्ने विद्यार्थीलाई ४ वर्षको लागि ४,००,०००/- मा 20% Scholarship(रु.८०,०००) प्रदान गरिनेछ ।
 
डेसिमल_कलेज_सेमेस्टर_छात्रवृत्ति_योजना_२०८१
१.प्रत्येक सेमेस्टरमा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क अन्तर्गत २०% छात्रवृत्ति प्रदान गरिनेछ ।
२.प्रत्येक सेमेस्टरमा द्वितीय हुने विद्यार्थीलाई सेमेस्टर शुल्क अन्तर्गत १५% छात्रवृत्ति प्रदान गरिनेछ ।
३.प्रत्येक सेमेस्टरमा तृतीय हुने विद्यार्थीलाई सेमेस्टर शुल्क अन्तर्गत १५% छात्रवृत्ति प्रदान गरिनेछ ।
 
डेसिमल बिबिएमा प्रदान हुने निःशुल्क सुविधाहरू
१. Laptop Free
२. IELTS Free
३. Extra Class Free
४. Tour Free Every Year
५. Orientation & Welcome Free
६. Vest, Bag, Sports, ECA Totally Free

नेपाल जनता पार्टीकाे वीरगंजमा जनजागरण कार्यक्रम, हिन्दु राष्ट्र घाेषणा गर्न माग

वीरगंज । नेपाल जनता पार्टी पर्साको शनिबार वीरगंजमा जनजागरण एवम् पार्टी प्रबेश कार्यक्रम सम्पन भएको छ । पार्टीका जिल्ला सभापति अनिल कुर्मीको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाट पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराजले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेता महाराजले पार्टीको मुल एजेन्डा हिन्दुराष्ट्र रहेको वताए । उनले हिन्दु राष्ट्र घोषणा गर्न सरकारसंग मांग पनि गरे । उनले हिन्दुहरुको बाहुल्य राज्यमा धर्मनिरपेक्ष लादनु गलत रहेको बताए ।

कार्यक्रम प्रमुख अतिथी समेत रहेका नेता महराजले दिनप्रतिदिन पार्टीमा प्रबेश गर्नेको लहर उठेकोले सबै नेपालीहरु नेपाल जनता पार्टीमा आबद्ध हुनु पर्ने वताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व डिआईजी कृष्णभक्त ब्रहम्माचार्य, केन्द्रिय सदस्य सुरेश साह कानु, प्रहलाद साह कलवार, सर्लाही जिल्ला उपाध्यक्ष मनिशंकर सिंह, चितवन जिल्ला संयोजक संतोषी बास्तोला, पुर्ब जिल्ला अध्यक्ष धिरज साह, महामंत्री नविन मिश्रा, मन्त्री आनन्द सिंह लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी केही व्यक्तिहरुले नेपाल जनता पार्टीमा प्रबेश समेत गरेका थिए । कार्यक्रमको संचालन बिनोद कुर्मीले गरेका थिए ।