Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

तराई–मधेशमा खानेपानी सङ्कट साझा चुनौती हो : मन्त्री प्रदीप यादव

spot_img
spot_img

ठोरी । खानेपानी मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा देखिएको खानेपानी सङ्कटलाई सहानुभूतिका रूपमा नभई साझा जिम्मेवारीका रूपमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न “निर्मल बस्ती खानेपानी आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेश अहिले इतिहासकै गम्भीर जलसंकटको सामना गरिरहेको बताउनुभयो।

“अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” मन्त्री यादवले भन्नुभयो, “खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै हैन, यो हाम्रो साझा चुनौती हो। सबै क्षेत्रले हातेमालो गर्नुपर्छ।”

उहाँले तराई–मधेशका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न मन्त्रालय रातदिन खटिरहेको जानकारी दिँदै चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो। साथै, मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्ला तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषित गरिएको जानकारी पनि दिनुभयो।

ठोरी–४ मा सम्पन्न आयोजना दीर्घकालीन समाधानको प्रतिबिम्ब भएको बताउँदै उहाँले यसबाट कम्तीमा २,१६५ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जानकारी गराउनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, पम्प हाउस, ट्रीटमेन्ट प्लान्ट लगायत संरचना निर्माण गरिएका छन्, जसबाट स्थानीयलाई सुरक्षित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमि आयोग अध्यक्ष तवेरेज अहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...