Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
Home Blog Page 293

ट्राफिक सप्ताहको पाँचौं दिन वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

0

वीरगंज । पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालन  भइरहेको ट्राफिक सप्ताह–२०८२ अन्तर्गत सोमबार पाँचौं दिन वीरगंज महानगरपालिका–२४, परवानीपुर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनले ट्राफिक सप्ताह केवल सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने माध्यम मात्र नभई वातावरण संरक्षणको अभियानसमेत भएको बताए।

परवानीपुर प्रहरी चौकीसँगै सडकको डिभाइडर क्षेत्रमा सम्पन्न वृक्षारोपण कार्यक्रममा वरिष्ठ सई गुणनिधि खकुरेल, प्रहरी चौकी परवानीपुरका सई आदर्श खतिवडा, समाजसेवी विजय गुप्ता, नेपाली कांग्रेसका नेता हबिब मिया, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो।

करीब २०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्। यस कार्यक्रमबाट हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ।

यही क्रममा ट्राफिक सप्ताहको अवसरमा ब्राइट पब्लिक स्कूल र मुनलाईट स्कूलका विद्यार्थीहरू पनि सडक सुरक्षा सचेतनामूलक गतिविधिमा सक्रिय देखिए। उनीहरूले व्यस्त चोकहरूमा खटिएर पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न प्रेरित गरेका थिए भने ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गरी सर्वसाधारणमा जनचेतना फैलाएका थिए।

पर्साको ठोरीमा ‘ताल खोला’ नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय

0

ओमप्रकाश चाैधरी/
सेढवा । मधेश प्रदेशको पर्सा जिल्लामा अवस्थित ठोरी गाउँपालिकामा पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ। गाउँपालिकाको वडा नं २ मा पर्ने ‘ताल खोला’ हालै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

हुलाकी सडकखण्डबाट करिब एक किलोमिटर पूर्व र इच्छानगरदेखि ४ सय मिटर जंगलभित्र रहेको यस खोलामा विशेष गरी गर्मीको मौसममा नुहाउने र रमाइलो गर्ने पर्यटकहरूको चहलपहल बढेको छ। स्थानीय व्यापारी मानबहादुर श्रेष्ठका अनुसार भारतको बेतिया, दिल्ली लगायतका सहरहरूबाट समेत पर्यटकहरू यहाँ आइपुग्ने गरेका छन्।

ताल खोलाको पानी जमिनमुनीको मुहानबाट आउने भएकाले सधैं चिसो र सफा रहन्छ। खोलाको गहिराइ करिब तीन फिट रहेको र सतहमा ढुंगा भएकाले पानीमा फोहर र हिलो हुँदैन। यिनै विशेषताका कारण यो ठाउँ पर्यटकहरूको रोजाइमा परेको हो।

नेरा मावि देउरवाना (सखुवाप्रसौनी गाउँपालिका) का शिक्षक खुमबहादुर घर्ती मगरले ताल खोलामा नुहाउँदा गर्मीमा पनि जाडो महसुस हुने अनुभव सुनाए।

ठोरी गाउँपालिका भित्र राई धारा, ठुटे खोलाको पुल, सिता गुफा, रेड हिल पार्कजस्ता अन्य थुप्रै स्थलहरूसमेत पर्यटकहरूलाई लोभ्याउँदै आएका छन्। अब ताल खोलाको थपिएसँगै ठोरीको पर्यटन सम्भावना झनै उजागर हुँदै गएको छ।

वीरगंजमा संघ शिक्षा वर्ग सम्पन्न : राष्ट्र पुनर्निर्माणका लागि व्यक्तित्व विकासमा जोड

0

वीरगंज । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित १५ दिने संघ शिक्षा वर्ग २०८२ भव्य रुपमा सम्पन्न भएको छ।  वीरगंजस्थित पशुपति शिक्षा मन्दिरमा सञ्चालन गरिएको प्रशिक्षण वर्गको समापन समारोह शनिबार ठाकुर राम बहुमुखी क्याम्पसको शिक्षा संकायको प्रांगणमा सम्पन्न भयो।

“व्यक्तित्व निर्माणमार्फत राष्ट्र पुनर्निर्माण” भन्ने मूल उद्देश्यसहित सञ्चालित यो महायज्ञको समापन अवसरमा संघका राष्ट्रिय सह-कार्यवाह रन्जित शाहले कार्यक्रमको सफल सम्पन्नताको घोषणा गरे। देवीशक्ति स्वरूपा गहवामाई, विन्दवासीना माई, गढिमाई र चुडिया माईजस्ता प्रसिद्ध शक्तिपीठहरूको भूमि वीरगंजमा सम्पन्न भएको यस प्रशिक्षण वर्गलाई विशेष महत्वका रूपमा लिइएको छ।

समापन समारोहमा नेपाल प्रहरीका विशिष्ट श्रेणीका पूर्व एआईजी तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. नन्दबहादुर सिंह प्रमुख अतिथि थिए। संघका वरिष्ठ नेताहरू—कल्याण कुमार तिम्सिना, हेम शर्मा आचार्य, वेद प्रकाश, रेवित कुमार, लक्ष्मी भट्ट, ललन द्विवेदी, सरोज शाह, माधव राजपाल र हरकेश विष्ट लगायतको पनि विशेष उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिनेश वंकाले दिएका थिए भने वर्गको सम्पूर्ण विवरण तथा परिचय लक्ष्मी भट्टले प्रस्तुत गरे। सांस्कृतिक प्रस्तुति अन्तर्गत अमृत बचन प्रिन्स कुमार साहले र एकल गीत अनुज राईले प्रस्तुत गरेका थिए।

संघले हिन्दुत्व दर्शन, संस्कृति र जीवनशैलीलाई आत्मसात गर्दै सामाजिक, धार्मिक र राष्ट्रिय सेवामा समर्पित कार्यकर्ताहरूको निर्माणका लागि यो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। जेठ ९ देखि २५ गतेसम्म सञ्चालन भएको यस प्रशिक्षणमा देशभरिबाट आएका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

यस प्रकार, संघ शिक्षा वर्ग २०८२ ले व्यक्तित्व विकासमार्फत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने मार्ग प्रशस्त गरेको विश्वास व्यक्त गरिएको छ।

कालिकामाईकाे एम्बुलेन्स दुर्घटना, चालक चाैरसिया घाइते

0
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे एम्बुलेन्स दुर्घटना भएकाे छ । वीरगंजकाे नारायणी अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा प्रदेश २–०३–००१ झ ०००३ नम्बरको एम्बुलेन्स शनिबार राति दुर्घटनामा परेको हाे ।
एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालक कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका ३५ बर्षिय पृथ्वी चौरसिया घाइते भएका छन् । घाइते चालक चाैरसिया उपचार वीरगंजस्थित निलकण्ठ हस्पिटलमा भइरहेकाे छ ।
चालक चाैरसियाका अनुसार ‍गाडीको ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । ब्रेक फेल भएपछि सडक छेउमा रहेकाे रुखमा गाडी ठोक्किँदा दुर्घटना भएको उनकाे भनाई छ ।
घाइते चालककाे हातकाे औंला भाच्नुेकाे छ भने अन्य भागमा पनि चोटपटक लागेको छ। घटनास्थलमा तत्काल उद्धार कार्य गरी उनलाई उपचारका लागि अस्पताल पठाइएकाे थियाे । दुर्घटनामा परेकाे एम्बुलेन्समा पनि क्षति पुगेकाे छ ।

वीरगंजमा ‘काजारीया टायल्स तथा पेरीवेर सेनिटरी’ को उद्घाटन

0

दिपु वर्णवाल
वीरगंज । वीरगंजको लिंक रोडस्थित न्यु नारायणी इन्टरप्राइजेज द्वारा संचालित काजारीया टायल्स तथा पेरीवेर सेनिटरी शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसपी धिमालले वीरगंजजस्तो आर्थिक केन्द्रमा यस्ता स्तरीय शोरुमहरूको स्थापना हुनु सकारात्मक संकेत भएको बताए । उनले यसले स्थानीय रोजगारी सिर्जनासँगै शहरी सौन्दर्य र पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

न्यु नारायणी इन्टरप्राइजेजका सञ्चालक तथा युवा उद्यमी राज सर्राफले सो अवसरमा बोल्दै आफूहरूले विगत एक दशकदेखि वीरगंजमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

उनका अनुसार करिब दुई हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको सो शोरुम आफ्नै भवनमा सञ्चालनमा ल्याइएको हो। यहाँ काजारीया ब्रान्डका प्रिमियम टायल्स तथा पेरीवेर ब्रान्डका उच्च गुणस्तरीय सेनिटरी सामग्रीहरू उपलब्ध छन्।

शोरुममा भान्सा, बाथरुम, लिभिङ रुमदेखि व्यवसायिक प्रयोजनसम्मका लागि एक सय भन्दा बढी डिजाइनका टायल्स उपलब्ध छन्। मध्यम वर्गदेखि उच्च वर्गसम्मका ग्राहकलाई ध्यानमा राखी बजेटअनुसारका विभिन्न विकल्पहरू पनि समावेश गरिएको सर्राफले जानकारी दिए ।

उद्घाटन समारोहमा सर्राफले आफ्ना ग्राहकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा झनै स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, कार्यक्रममा स्थानीय उद्योगपति, व्यापारी, राजनीतिककर्मी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

वीरगंजका शिवशंकर स्नातक पास भएर चिया बिक्रि गर्छन, मासिक ६० हजार कमाउन्छन्

0
वीरगंजमा चिया बेच्दै गरेका स्नातक युवा हरिशंकर साह कानु

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३२ टेढाका २७ बर्षीय हरिशंकर साह कानु वाणिज्य संकायमा स्नातक उर्तीण गरेर चिया बेच्दै आएको कुरा स्थानीयबासीको लागी अनौठो लाग्न सक्छ । वीरगंज महानगरपालिकाको शहर वा ग्रामिण भेगमा घर भएका स्थानीय युवा स्थानीय स्तर मै स्नातक पास भएर चिया बेच्ने संख्या पर्याप्त छैन ।

तर २७ बर्षीय हरिशंकर भने लाज नमानेर विगत ३ बर्षदेखि नियमित रुपमा बिहान र बेलुका गरी चिया बेचिरहेका छन । उनी आफ्‌नै गाँउ शहरमा चिया बेच्ने कामलाई ठुलो कामको रुपमा ठान्छन । वीरगंज स्थित रहेको भारतीय राजदुतासको छेउमा उनी एउटा सटरलाई भाडामा लिएर बिहान र बेलुका चिया बेचिरहेका छन । उनी यो काममा भने केही बर्षदेखि गरीरहेका छन ।

महानगरपालिकाको ग्रामिण वडामा घर भएका उनी सानो उमेरदेखि शहरमा बसेर वीरगन्ज कै सुरजी देवी माध्यमिक विद्यालयबाट ०७१ मा एसएलसी पास गरेको सुनाउँछन ।

वीरगंजकाे नेशनल एकेडमी कलेजबाट ईन्टर पास गरेका उनले ठाकुर राम बहुमुखी क्याम्पसबाट स्नातक पास भएका छन । तीन बर्ष अगाडी वाणिज्य संकायमा स्नातक पास भएका उनी चिया बेचेर जिवकोपार्जन गर्दै आएका छन । उनी दैनिक बिहान ५ बजे बिहान ९ बजेसम्म र साँझमा ६ देखि राति ९ बजेसम्म चिया बेच्ने गरेको सुनाउँछन । उनी त्यसबाहेक बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म रेशमकोठीमा रहेको एउटा निजि संस्थामा काम गर्छन ।

स्नातक पास युवा भएर चिया बेच्नलाई कहिले पनि लाज नमानेको र यही कामलाई निरन्तरता दिने योजना रहेको सुनाउँछन । केही बर्ष अगाडी बैबाहिक जिवनमा बाधिएका उनले काम गरेर घरपरिवार चलाउनलाई लाज नमानेको भन्दै यस्ता काममा गर्व लागेको सुनाउँछन ।

डेरा लिएर वीरगन्जमा बसेका शिवशंकर चिया बेचेर बुबाआमा , श्रीमति र एक सन्तानलाई पालिरहेका छन । ‘जहाँ पनि कमाएर खानलाई केही कुराको लाज छैन , काम गर्दा होस वा नगर्दा गलत काम गर्नु भएन ,‘उनी भन्छन,‘सानो उमेर देखि नै कमाएर आफुले पढेकाले कुनै कामलाई आफुले सानो वा ठुला नमानेको उनको भनाई छ ।

विदेशको कमाई यही छ ?

पछिल्लो समयमा नेपालमा रोजगारी नपाएर विदेशीने युवाहरुलाई काम गरेर खानका लागी यही थुप्रै अवसर रहेको सुझाउछन । कुनैपनि काम साना वा ठुलो हुदैन , मेहनत गरेर काम गर्नेहरुका लागी विभिन्न कामको अवसर देशमै रहेको शिवशंकरले बताउँछन ।

विदेशमा गएर पैसा नै कमाउनुु परे आफ्‌नै देशमा कुनै काम गरेर पसिना बगाउन उनको सुझाव छ । उनले अबका युवाहरुलाई विदेशमा पुगेर पैसा कमाउनु भन्दा यही सानो चिया पसल खोलेर काम गरे विदेशको कमाई यही हुने आफ्‌नो अनुभव सुनाउँछन ।

विदेशमा गएपछि घरपरिवार देखि टाढा मात्र नभएर विदेशमा रहुन्जेलको सुखदुखको कहानी फरक नै हुने गरेको अवस्था छ । यहाँका स्थानीय युवाहरु पढेका हुन वा अनपढ चिया बेच्ने कामलाई सानो रुपमा लिने गरेकाले समस्या भएको अवस्था छ ।

तर चिया पसलमा मात्र बिहान देखि राति सम्म काम गर्दा उनी मासिक ६० हजार भन्दा बढि कमाउने गरेका छन । उनी दैनिक ३/४ हजार सम्मको चिया , गुटखा लगायतका समाग्री बेच्ने गरेका छन । उनका अनुसार दैनिक मात्र ४० देखि ५० कप भन्दा बढि चिया बिक्रि हुने गरेको छ ।

वीरगंजमा स्थानीयको चिया पसल खोज्नुपर्छ

देशको आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज शहरमा साना देखि ठुला व्यपार व्यवसायमा स्थानीयबासी भन्दा बाहिरबाट आएकाहरु हाबि छन ।

यहाँका स्थानीयहरु व्यापार व्यसायमा ध्यान नदिएर अन्य काममा लागेका कारण बाहिरबाट आएकाहरु हाबि भएका हुन ।
स्थानीय युवाहरु मात्र होईन ठुलाबडाले पनि व्यपार व्यसायलाई सानो कामको रुपमा लिएका कारण बाहिरबाट आएकाहरुको बोलबाल छ ।

वीरगंज शहरमा स्थानीयको ठुलो मात्र नभएर चिया पसल पनि नगन्य संख्यामा रहेको छ । चिया बेचेर जिवकोपार्जन गर्दै आएका शिवशंकरले युवाको मात्र होईन पुरानो उमेर पुगेकाहरु पनि चिया पसलमा नभएको सुनाउँछन ।

उनका अनुसार वीरगंज शहरमा महानगरपालिकाका स्थानीयबासीहरुको चिया पसल मात्र होईन अन्य पसल पनि खोज्नुपर्ने अवस्था रहेको छ ।

सुनचाँदीमा भ्याट लागू भएपछि पर्सामा व्यवसायीहरूको विरोध प्रदर्शन

0

वीरगंज । चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। भ्याटको नयाँ संरचनाले उपभोक्ता र व्यवसाय दुवैलाई आर्थिक रूपमा नोक्सान पुर्‍याउने भन्दै उनीहरूले शनिबार वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्।

पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघको संयुक्त आयोजनामा भएको प्रदर्शनमा व्यवसायीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले भ्याटको नयाँ नीति तत्काल फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र पनि बुझाएका छन्। ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीलाई बुझाइएको हो।

व्यवसायीहरूले ज्ञापनपत्रमा उल्लेख गरेअनुसार सरकारले १० लाख रुपैयाँभन्दा माथिका गहनामा लाग्ने ५ प्रतिशत विलासिता कर हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लागु गर्नुपर्ने माग गरेका छन्। साथै, हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाइनु उपभोक्तामाथि अन्यायपूर्ण भएको भन्दै विरोध जनाइएको छ।

“सुनचाँदी नेपाली समाजको संस्कृति र परम्परासँग गहिरो रूपमा गाँसिएको वस्तु हो। यो केवल विलासिता होइन, नेपाली जनताको बचत र सामाजिक लगानीको प्रतीक हो,” संघका अध्यक्ष भुलन प्रसाद सोनारले बताए।

उनका अनुसार हाल सुनको मूल्य ऐतिहासिक रूपमा उच्च छ, र त्यही समयमा बजार मन्दीको अवस्थामा थप करले ग्राहकहरूलाई झन् टाढा बनाउनेछ। यसले केवल व्यापार घटाउने होइन, वैध व्यवसायलाई समेत संकटमा पार्ने खतरा रहेको सोनारले बताए।

व्यवसायीहरूले भारतजस्तो छिमेकी मुलुकमा सुनको भ्याटदर तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै नेपालमा कर दर अत्यधिक हुनुले तस्करी र अवैध कारोबार बढ्ने चेतावनीसमेत दिएका छन्।

व्यवसायीहरूको मागअनुसार, सरकारले तत्काल व्यवसायीहरूसँग संवाद गरी कर संरचनामा पुनरावलोकन गर्नुपर्नेछ।

वीरगंजको बाइपास सडकमा कार दुर्घटना, एक जनाको मृत्यु र ३ जना घाइते

0

वीरगंज । वीरगंजको बाइपास सडकमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरास्थित बाइपास सडकमा आईतबार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बाराकाे परवानीपुर गाउँपालिका लिपनिमालस्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

उपचारकाे क्रममा अन्दाजी ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले मृत घोषणा गरेका हाे । दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, सोही स्थानका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ रहेका छन् ।

वीरगञ्जमा शैक्षिक संस्था र विद्यार्थी जोड्न ‘भविष्य मेला’ आयोजना गरिँदै

0

वीरगञ्ज । पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रका माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिएका विद्यार्थी र तिनका परिवारलाई लक्षित गरी वीरगञ्जमा ‘भविष्य मेला २०२५’ को आयोजना हुने भएको छ ।

आगामी जेठ ३० गते शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलाले तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । “मेलाले वीरगञ्ज र आसपासका क्षेत्रमा शैक्षिक जागरूकता र सामाजिक-आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” कार्कीले भने ।

‘भविष्य’ शब्दले नेपाली भाषामा आशा र सम्भावनाको प्रतीक बोकेको छ, र मेलाले यही भावनालाई आत्मसात् गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउने लक्ष्य राखेको कार्कीको भनाइ छ ।

मेलाको मुख्य उद्देश्य पर्सा, बारा, रौतहटका ग्रामीण र सहरी क्षेत्रका विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा र व्यावसायिक शिक्षालगायत विभिन्न शैक्षिक क्षेत्रबारे जानकारी प्रदान गर्नु हो । “हामी विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता र दीर्घकालीन आकाङ्क्षासँग मेल खाने शैक्षिक संस्था छनोट गर्न मार्गदर्शन प्रदान गर्नेछौँ,” कार्कीले थपे । मेलाले शैक्षिक समानता प्रवर्द्धन, करियर तयारीमा प्रोत्साहन र स्थानीय समुदायको सामाजिक-आर्थिक उन्नतिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

‘भविष्य मेला’ शैक्षिक संस्थाहरूका लागि आफ्ना कार्यक्रम र सुविधाहरू प्रदर्शन गर्ने सुनौलो अवसर हो । मेलामा सहभागी संस्थाहरूले आफ्ना शैक्षिक कोर्स, प्रयोगशाला, पुस्तकालय, खेलकुद सुविधा, उद्योग साझेदारी, अन्तर्राष्ट्रिय आदानप्रदान र विशेष छात्रवृत्ति योजनाहरू प्रस्तुत गर्न सक्नेछन् । “मेलाले शैक्षिक संस्थाहरूलाई तीन हजारभन्दा बढी प्रेरित विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ,” कार्कीले भने । विशेष छात्रवृत्ति, शुल्क छुट र प्राथमिक भर्ना सुविधाले विद्यार्थी भर्ना प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

“करियर कार्यशाला, प्रत्यक्ष प्रदर्शनी र पूर्व विद्यार्थीका सफलताका कथाहरूमार्फत संस्थाहरूले आफ्नो शैक्षिक नेतृत्व र विश्वसनीयताको छवि निर्माण गर्न सक्नेछन्,” कार्कीले बताए । मेलाले ग्रामीण र विपन्न समुदायका विद्यार्थीहरूलाई मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, किफायती शैक्षिक कार्यक्रम र वित्तीय सहायता प्रदान गरी शैक्षिक समानता सुनिश्चित गर्नेछ ।

कार्कीले पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रमा उच्च माध्यमिक शिक्षाबारे विश्वसनीय जानकारी र मार्गदर्शनको अभाव रहेको औँल्याए । “धेरै विद्यार्थी र अभिभावक शैक्षिक विकल्प, छात्रवृत्ति र करियर सम्भावनाबारे अनभिज्ञ छन् । भविष्य मेलाले यस्तो सूचनाको खाडललाई सम्बोधन गर्नेछ,” उनले भने । मेलाले विद्यार्थीहरूलाई उनीहरूको रुचि र आर्थिक अवस्थासँग मेल खाने शैक्षिक संस्था छनोट गर्न सहयोग गर्नेछ भने शैक्षिक संस्थाहरूलाई योग्य र प्रेरित विद्यार्थीहरूसँग जोड्ने अवसर प्रदान गर्नेछ ।

मेलामा विद्यार्थी र अभिभावकका लागि थुप्रै सुविधा उपलब्ध हुनेछन् । निःशुल्क डिम्याट खाता (शेयर कारोबारका लागि विद्युतीय शेयर जम्मा गर्ने खाता), निःशुल्क बैंक खाता, निःशुल्क आँखा जाँच शिविर र निःशुल्क नेपाली टेलिकमको सिम कार्ड वितरण गरिनेछ । मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेट (जस्तै इयरबड, यूएसबी ड्राइभ) प्रदान गरिनेछ । बैङ्कहरूसँगको साझेदारीमा निःशुल्क बैंक खाता र डिम्याट खाता खोल्ने सुविधाले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र भविष्यको योजनाबारे प्रेरित गर्नेछ ।

वीरगञ्जका निजी र सामुदायिक विद्यालयहरूले मेलामा सहभागिता जनाउँदै छन् । स्थानीय समुदाय, स्कुल र वित्तीय संस्थासँगको सहकार्यले मेलालाई थप प्रभावकारी बनाउने अपेक्षा छ । स्थानीय युवा नेता राकेश यादवले यस्ता कार्यक्रमले वीरगञ्जका विद्यार्थीलाई स्थानीय स्तरमै अवसर प्रदान गरी बाहिर जानबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “भविष्य मेलाले वीरगञ्जलाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्नेछ र क्षेत्रीय शैक्षिक पारिस्थितिक तन्त्रलाई सुदृढ बनाउनेछ,” उनले भने ।

“स्थानीय व्यवसाय, मिडिया र समुदायसँगको सहकार्यले वीरगञ्जको आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नेछ,” कार्कीले थपे । मेलाले स्थानीय समुदायको सामाजिक-आर्थिक प्रगतिमा योगदान पुर्‍याउने र विशेष गरी ग्रामीण र विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

“भविष्य मेला २०२५ नेपालका युवालाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउने परिवर्तनकारी आन्दोलन हो । शैक्षिक संस्थाहरू, स्थानीय समुदाय र व्यवसायहरूको सहभागिताले मेलालाई थप प्रभावकारी बनाउनेछ,” कार्कीले जोड दिए । मेलाले वीरगञ्जलाई क्षेत्रीय शैक्षिक हबको रूपमा स्थापित गर्दै स्थानीय युवाहरूलाई आत्मनिर्भर र सशक्त बनाउने अपेक्षा गरिएको छ ।

स्थानीयहरूले मेलाको अवधारणा र उद्देश्यको प्रशंसा गरेका छन् । “मेलाले हाम्रा विद्यार्थीलाई आफ्नो गृह नगरमै गुणस्तरीय शिक्षा र करियर अवसरहरूबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नेछ,” स्थानीय अभिभावक सुनिता कुमारीले भनिन् ।

‘भविष्य मेला २०२५’ मा सहभागी हुन वीरगञ्ज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र स्थानीय व्यवसायलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । मेला शैक्षिक जागरूकता, करियर मार्गदर्शन र सामुदायिक सहकार्यको उत्कृष्ट मञ्च बन्ने विश्वास गरिएको छ ।

७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो : ओली

0
file pic

२५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको टिप्पणी गरेका छन् ।

अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भनेका छन् ।
उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको उनको भनाइ थियो ।

‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो,’ ओलीले भने, ‘सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ ।’

त्यस्तै, उनले उमेरका कारणले नभइ अन्य धेरै फ्याक्टर र आवश्यकताहरू हुने उनले बताए । उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको जिकिर गरे ।

‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं ।’